विकासको मूल नै शिक्षा : अध्यक्ष लिङ्देन « Khabarhub

विकासको मूल नै शिक्षा : अध्यक्ष लिङ्देन


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै विकासको मूल नै शिक्षा भएको बताए । झापाको हल्दिबारी गाउँपालिकाले सञ्चालनमा ल्याएको सिसी क्यामेरा एप्स उद्घाटन तथा खेलाडी सम्मान कार्यक्रममा उहाँले शिक्षा क्षेत्रको विकास बिना हुने क्षेत्रको विकास सम्म्भव नभएको बताए।

“सबै विकासको मूल नै शिक्षा भएकाले शिक्षा क्षेत्रमा सुधार अनिवार्य छ”, झापा क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका उनले भने, “प्राविधिक, जीवनोपयोगी र स्वरोजगारमुखी शिक्षा वर्तमानको आवश्यकता हो ।” उनले भोलिको भविष्य आजको शिक्षाले निर्धारण गर्ने भएकाले शिक्षा क्षेत्रको समुचित विकास हुनुपर्नेमा उनले जोड दिए ।

शिक्षा क्षेत्रको विकासमा शिक्षकको भूमिका महत्त्वपूर्ण भएको बताउँदै उनले भने, “शिक्षक भनेको महत्त्वपूर्ण पद हो, जसको हातमा देशको भाग्य र भविष्य हुन्छ ।” शिक्षकले कक्षा कोठामा किताबको पाना पल्टाउने मात्र नभई रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिए ।

गाउँपालिका हाताभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उक्त एप्स निर्माण गरेर सञ्चालनमा ल्याइएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए। अबदेखि एप्सको माध्यमबाट अभिभावक, जनप्रतिनिधि र सारोकारवालाले अनलाइनबाटै विद्यालय अनुगमन गर्नेछन् ।

सिसी क्यामेरा जडानका लागि रू २४ लाख ८८ हजार खर्च भएको छ भने एप्स गाउँपालिकाका आइटीका कर्मचारीले आफैँ निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताए । गाउँपालिका हाताभित्र रहेका १७ सामुदायिक विद्यालयमा सिसी क्यामेरा जडान गरी सकिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १० : ५२ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप