स्वर्गीय आमाको सम्झनामा « Khabarhub

स्वर्गीय आमाको सम्झनामा


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

धेरै पहिला सुनेको घतलाग्दो वाक्य : के छ र जिन्दगी ? आज मर्यो भोली दुई दिन । मेरी आमा सुन्दरी माया घजु दिवंगत हुनुभएको दिन गन्दै आज १३ दिन पनि पुगेको छ ।

हामीलाई एक रात पनि कुरुवा बस्नु पर्ने जस्तो कुनै किसिमको दुःख, पीर नदिई सबै बेदना आफै बोकेर हामीलाई गहिरो शोकमा पारी जानुभयो। अरु सबै कुरा बिर्सिए पनि सायद एउटा कुराको सन्ताप यो जीवन रहुन्जेल रहनेछ कि हामीले उहाँलाई ढिला अस्पताल पुर्‍याएकोले पो त्यस्तो अनर्थ भयो कि? नत्र सुगर र प्रेसरको पुरानो रोगी नै भएपनि अघिल्लो दिनसम्म सामान्य मानिस सरह घुमफिर गरेर आउनुभएको, हर्ट अट्याक्ट नै भएपनि घरमै बोल्न र खानसक्ने मान्छे अनि शहिद गंगालाल जस्तो उच्चकोटीको मुटुरोग अस्पतालमा अपरेसन भइसकेर पनि कसरी डाक्टरहरुले ‘वि ट्राइड आवर बेष्ट, बट वि आर सरी’ भन्ने स्थिति आयो?

एक्कासी असोचनीय कुरा भएकोले होला अझै पनि सपना जस्तो लागिरहेको छ, विहान विहान नातिहरुलाई ओम बाबु भन्नु हुन्छ कि? छिन् छिनमा यो गर त्यो गर भनेर बोलिरहेको जस्तो आभाष हुन्छ । अप्रत्यक्ष रुपमा बुझ्दा ढिला अस्पताल पुगेको पनि एउटा कारण भएको थाहा पाएपछि त आफैँलाई शिक्षित भन्न पनि लाज लागेको छ ।

मानिस जति नै शिक्षित भएपनि कुनै न कुनै क्षेत्रमा निरक्षर हुन्छ भनेझैं हर्ट अट्याक्टमा गर्नुपर्ने सामान्य सावधानी र प्राथमिक उपचार पनि आवश्यक समयमा याद नआएको कारण सामान्यरुपमा स्वस्थ ६७ वर्ष मात्र पुगेकी आमा गुमाउनु पर्यो । बुबालगायत भाइ, बहिनी र परिवारका अरु सदस्यहरुलाई पनि मेरै जस्तो हिनताबोधले सताउँदो हो । अब पश्चाताप गरेर केही हुन्न, थाहा छ तैपनि अचानक छोटो समयमै त्यस्तो विभत्स घटना घट्न गयो त्यसैले बार बार त्यही कुराले मन खाइरहेको छ ।

अब आमाको सोधभर्ना त जे गरेपनि हुन्न, बस उहाँको आत्माको शान्तिको लागि मेरा जीवनका आगामी दिनहरु सत्कर्ममा व्यतित गर्ने प्रण गर्दै आमाको आत्माले हामी सबैलाई त्यो अन्जानपन अनि असफल प्रयासका लागि माफी दिनुहुने विश्वास गर्दछु ।

यस धर्तीमा पदार्पण गराउने आमाको ऋण तिर्न र उहाँको आत्माको चीर शान्तिको लागि म सदा कर्तव्यनिष्ठ र कल्याणकारी कार्यमा अग्रसर हुनेछु भन्दै आमा हजुरको १३औं दिनको पुण्यतिथिमा यो मनोभावरुपी शब्दका पुष्पगुच्छाले श्रद्धासुमन अर्पण गर्दछु ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  १ : ०१ बजे

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले