काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका प्रा.डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति भएपछि उनको अनशन तोडिएको छ ।
कात्तिक २१ गते शुक्रबार बिहान ६ बुँदे सहमति भएसँगै डा. केसीले सत्याग्रह अन्त्य गरेका हुन् । पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल त्रिवि शिक्षण अस्पतालमै पुगेर डा. केसीसँग सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
अनशन तोडिएपछि मन्त्री पोखरेलले अब डा. केसीको यो अन्तिम अनशन हुने दाबी गरेका छन् । सहमतिमा उल्लेखित विषय कार्यान्वयनको प्रक्रिया सरकारले अघि बढाउने उनको भनाइ छ ।
‘यो डा. केसीको अन्तिम अनशन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ,’ मन्त्री पोखरेलले भने ।
सरकार र डा. केसीबीच भएको सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसी पटकपटक सत्याग्रहमा बस्दै आएका छन् । पछिल्लो सहमतिसँगै उनका माग सम्बोधन गर्ने जिम्मेवारी अब सरकारको कार्यान्वयनमा निर्भर रहनेछ।
यस्ता छन् सहमतिका बुँदा
















प्रतिक्रिया