पञ्जावको लगातार दोस्रो जित,राजस्थान पराजित | Khabarhub Khabarhub

पञ्जावको लगातार दोस्रो जित,राजस्थान पराजित


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किंग्सले राजस्थान रोएल्समाथि रोमाञ्चक जित निकालेको छ ।

लिगमा पञ्जावको यो लगातार दोस्रो जित हो। बुधबार राती गुवाहाटिमा भएको खेलमा राजस्थान पाँच रनले पराजित भएको हो ।

पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

पन्जाब २ खेलबाट ४ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ भने दोस्रो खेलमा पहिलो हार व्यहोरेको राजस्थान २ अंक सहित चौथो स्थानमा रहेको छ ।

 

 

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ७ : १४ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार

आज २०८१ साल जेठ ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको