लुम्बिनीमा पीस हाफ म्याराथन प्रतियोगिता सुरु   « Khabarhub

लुम्बिनीमा पीस हाफ म्याराथन प्रतियोगिता सुरु  


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

भैरहवा – शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ म्याराथन प्रतियोगिता सुरु भएको छ।

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा देशभरका २ हजार ५ सय ५० महिलापुरुष खेलाडी मैदानमा उत्रिएका छन्  ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले लुम्बिनीमा बालेको शान्ति दीप ओलम्पिक कोच चन्द्र बहादुर घले, विमला राना र मोहन घलेलाई दिएर प्रतियोगिता सुरु गरेका हुन् । ओली एकेडेमीका संरक्षक पनि हुन् ।

मायादेवी मन्दिर अगाडिबाट सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दुरी पुरा गर्ने छन् ।

प्रतियोगितामा महिलापुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कृत गरिनेछ । प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार,दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ। महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउने छन् । दुवै विधामा दशौँसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ९ : ५८ बजे

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका

आजका समाचार : निर्वाचन एकै चरणमा, कांग्रेसले चुनावअगाडि कसैसँग तालमेल नगर्ने, इरान-अमेरिका वार्ता भोलि र अभ्यास खेलमा नेपाल विजयी

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ताप्रधानमन्त्री सुशीला कार्की

अमेरिकासँग वार्तामा सहभागी हुन इरानलाई आग्रह

दोहा– जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई अमेरिकासँग हुने योजनाबद्ध वार्तामा

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण