फाइल तस्वीर

आर्थिक

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

By खबरहब

April 06, 2023

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ ।

राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकले रिपोका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल गरेको छ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् ।

केन्द्रीय बैंकका अनुसार जारी हुने यो रिपो आगामी वैशाख ७ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।