‘विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन’ « Khabarhub

‘विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन’


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विदेशबाट लिएको ऋण कहाँ गयो भन्दै प्रश्न गरे । उनले अब विदेशको ऋण ल्याएर प्रदेश पाल्न नसकिने बताएका छन्  । 

पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ खर्च भएको भन्दै उनले संघीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको बताए ।

उनले भने,‘संघीयता जम्मा दुईवटा कारणले चाहिन्छ । एउटा पहिचानको लागि चाहिन्छ । एउटा भनेको देश ठूलो भयो भने त्यो देशलाई केन्द्रीकरण गर्नका लागि चाहिन्छ । तर, आज यो देशमा संघीयता कार्यकर्ता भर्ति गर्ने कँही नअटाएका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश र विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन,’ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ४ : ३५ बजे

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि