‘विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन’ « Khabarhub

‘विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन’


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विदेशबाट लिएको ऋण कहाँ गयो भन्दै प्रश्न गरे । उनले अब विदेशको ऋण ल्याएर प्रदेश पाल्न नसकिने बताएका छन्  । 

पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ खर्च भएको भन्दै उनले संघीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको बताए ।

उनले भने,‘संघीयता जम्मा दुईवटा कारणले चाहिन्छ । एउटा पहिचानको लागि चाहिन्छ । एउटा भनेको देश ठूलो भयो भने त्यो देशलाई केन्द्रीकरण गर्नका लागि चाहिन्छ । तर, आज यो देशमा संघीयता कार्यकर्ता भर्ति गर्ने कँही नअटाएका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश र विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन,’ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ४ : ३५ बजे

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति