अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री महत « Khabarhub

अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री महत


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन् ।

 अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उनले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औँल्याए । उनले भने, ‘अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ ।’

अर्थमन्त्री डा महतले अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उल्लेख गरे। उनले भने, ‘अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्च ‘मस्ट प्रोडक्टिभ’ क्षेत्रमा गर्ने योजना छ ।’ उनले आयात प्रतिबन्ध हुँदा विदेशबाट विभिन्न च्यानलबाट अवैधरूपमा  मोबाइल फोन भित्रिँदा रु ३० देखि ३५ अर्ब राजस्व गुमेको उल्लेख गरे।

 पूर्वाधार, घरजग्गा कारोबारमा आएको मन्दी र बैंकको ब्याजदर बढेकाले व्यापारमा समस्या आएको उनको भनाइ थियो । विगतमा लक्ष्य बराबर राजस्व उठ्ने गरेको भए पनि यो वर्ष बजारमा माग नबढ्दा आयात बढ्न नसकेपछि लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको उनको भनाइ थियो । 

अर्थ सचिव तोयम रायाले बजारमा हल्ला भए जस्तो अर्थतन्त्र नकारात्मक दिशामा नरहेको बताए। उनले लक्ष्यअनुसार राजस्व संकलन हुने देखिएको र विप्रेषण पनि सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ८ : ०६ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक