‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु « Khabarhub

‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आजदेखि यहाँ ‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको समन्वय जिल्ला क्रिकेट सङ्घ धनुषा तथा सहयोग फ्याक्ट नेपाल र एनएमबि बैंकको रहेको छ ।

जनकपुरधाम–१४ रजौलस्थित निर्माणाधीन राम–जानकी क्षेत्रीय अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशालामा सुरु भएको प्रतियोगिता आगामी वैशाख १ गतेसम्म चल्ने छ । लिग प्रणालीमा खेलाइने प्रतियोगितामा मधेस प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्साका टोलीका साथै कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका गरी १२ टोलीको सहभागिता रहने जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

प्रतियोगिताका विजेतालाई रु दुई लाख ५१ हजार, शिल्ड तथा प्रमाणपत्र तथा उपविजेतालाई रु एक लाख ५१ हजार, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगरप्रमुख मनोजकुमार साहले अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण गरी विसं २०८३ मा हुने ११औँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका कार्यक्रम जनकपुरधाममा नै हुने गरी काम गरिने बताए । वक्ताहरूले रङ्गशालालाई मधेस प्रदेशको गौरवको योजना घोषणा गरी तीन तहका सरकारले बजेटको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ८ : ४२ बजे

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको