‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु « Khabarhub

‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आजदेखि यहाँ ‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको समन्वय जिल्ला क्रिकेट सङ्घ धनुषा तथा सहयोग फ्याक्ट नेपाल र एनएमबि बैंकको रहेको छ ।

जनकपुरधाम–१४ रजौलस्थित निर्माणाधीन राम–जानकी क्षेत्रीय अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशालामा सुरु भएको प्रतियोगिता आगामी वैशाख १ गतेसम्म चल्ने छ । लिग प्रणालीमा खेलाइने प्रतियोगितामा मधेस प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्साका टोलीका साथै कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका गरी १२ टोलीको सहभागिता रहने जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

प्रतियोगिताका विजेतालाई रु दुई लाख ५१ हजार, शिल्ड तथा प्रमाणपत्र तथा उपविजेतालाई रु एक लाख ५१ हजार, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगरप्रमुख मनोजकुमार साहले अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण गरी विसं २०८३ मा हुने ११औँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका कार्यक्रम जनकपुरधाममा नै हुने गरी काम गरिने बताए । वक्ताहरूले रङ्गशालालाई मधेस प्रदेशको गौरवको योजना घोषणा गरी तीन तहका सरकारले बजेटको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ८ : ४२ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले