कृषि उत्पादनमा देश निकै पछाडि : मन्त्री भुसाल | Khabarhub Khabarhub

कृषि उत्पादनमा देश निकै पछाडि : मन्त्री भुसाल


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कृषि तथा पशुपक्षी मन्त्री डा बेदुराम भुसालले नेपालको कुल जनसङ्ख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर रहे पनि कृषि उत्पादनमा भने देश निकै पछाडि परेको बताए ।

नयाँ वर्ष २०८० एवं भक्तपुरको बिस्केट जात्राका अवसरमा भक्तपुरमा आजदेखि सुरु भएको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’को उद्घाटन गर्दै उनले कृषि उत्पादनमा देश पछाडि पर्दै गएको बताए ।

उनले भने , “नयाँ जनगणनाअनुसार नेपालको कूल जनसङ्ख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर छन् तर कृषि उतपादनमा राष्ट्रिय योगदान २४ प्रतिशतमात्रै छ, यसले प्रष्टरूपमा कृषि उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको देखिन्छ, त्यसैले कृषि उतपादनलाई बढाउनुप¥यो ।”

देशको अर्थतन्त्र सबल बनाउन, जीवन स्वस्थ बनाउन हाम्रा खेतीमा मौलिक उत्पादन बढाउन कृषि उत्पादनलाई बढाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भक्तपुर जिल्ला कृषि उत्पादनमा अगाडि भएकाले जिल्लाका उत्पादन यस्तो महोत्सवमा छुट्न नहुने बताए । मन्त्री भुसालले भक्तपुरको आफ्नो मौलिक उत्पादन जुजु धौलाई महोत्सवमा छुटाउन नहुने र यस्ता उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विगतका वर्षहरूमा जस्तै महोत्सवमा शान्तिपूर्ण ढङ्गले सहभागी हुन आग्रह गर्दै भक्तपुरको प्रसिद्ध बिस्काः जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गराउन जात्रा अवधिभर मदिरा बिक्री–वितरणमा रोक लगाइएको जानकारी दिए ।

त्यस अवसरमा नेकपा (एकीकृत समाजवादी) का भक्तपुर अध्यक्ष श्याम बस्नेत, औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महत र महोत्सवका संयोजक दीपक थापा, पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले महोत्सवले भक्तपुर सांस्कृति तथा पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी क्षेत्रफलमा आजदेखि सुरु भएको महोत्सव वैशाख ३ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष महतले जानकारी दिए।

महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, विभिन्न ब्रान्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुँडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल, सवारीसाधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खाना महोत्सवलगायतका विभिन्न सामग्रीको दुई सयवटा स्टल रहेको उनले बताए ।

अध्यक्ष महतले भने, “विगतका वर्षहरूमा झैँ यस वर्ष पनि हामीले भक्तपुर, काभ्रे, ललितपुर र काठमाडौँ जिल्लामा बसोबास गर्दै आएका विभिन्न जिल्लाका व्यक्तिलाई लक्षित गरी घरायसी सम्पूर्ण सामान एकै ठाउँबाट सस्तो र सुलभरूपमा उपलब्ध गराउने उद्देश्यले महोत्सवको आयोजना गरेका हौँ, यसबाट हजारौँ उपभोक्ताले सहज सेवा पाउने विश्वास लिएका छौँ ।”

महोत्सवमा दैनिक बालउद्यान, रोटेपिङ, मारुति सर्कस, कोलम्बस, जादु, विभिन्न खेल सामग्रीका साथै दर्जनौँ राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति एवं हास्यव्यङ्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहेको छ । महोत्सवमा हरेक दिन विभिन्न साङ्गीतिक ब्यान्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोइङ र चर्चित गायक गायिकाको प्रस्तुति दैनिक रहने छ । महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्ठकला, माटोको भाँडा, पर्यटन प्रवर्द्धन गर्ने स्टलहरू निःशुल्क राखिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ८ : ५६ बजे

दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन

काठमाडौं– दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको

स्पेनिस ला लिगा : ओसासुनासँग बार्सिलोना स्तब्ध

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ओसासुनासँग स्तब्ध भएको छ

देवघाटधामसहित थुप्रै संरचना बाढीको जोखिममा

तनहुँ– बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल

इंग्लिस प्रिमियर लिग : पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा कोल पालमर ले पहिलो हाफमा नै चार

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९