अल–अक्सा मस्जिदमा दोस्रो दिन पनि झडप « Khabarhub

अल–अक्सा मस्जिदमा दोस्रो दिन पनि झडप


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली प्रहरीले पूर्वी जेरूसेलमको अल अक्सा मस्जिद परिसरमा लगातार दोस्रो दिन पनि छापा मारेपछि गाजाबाट दक्षिणी इजरायलतर्फ थप रकेट प्रहार भएको इजरायली र प्यालेस्टिनी स्रोतले बिहीबार जानकारी दिएका छन् ।

प्यालेस्टाइनी रेड क्रिसेन्टले जारी गरेको विज्ञप्तिमा कम्तीमा छ जना घाइते भएको जनाइएको छ । इस्लामिक परोपकारी संस्था वक्फका अनुसार मस्जिद परिसरको संवेदनशील क्षेत्रमा प्रहरीले स्टन ग्रेनेड र रबरको गोली प्रयोग गरेर उपासकहरूलाई तितरबितर पारेको थियो ।

प्यालेस्टिनीे सरकारी समाचार संस्था वाफाका अनुसार करिब २०० उपासकहरू रमजान रात तरावीहको प्रार्थना गरिरहेका बेला प्रहरीले परिसरमा आक्रमण गरेको थियो ।

इजराएली प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दर्जनौं कानून उल्लङ्घन गर्ने युवाहरूले दङ्गा भड्काउन मस्जिदभित्र अवरोध गर्ने प्रयास गरेका र ती युवाले मस्जिदको ढोका बन्द गर्ने प्रयास गरेपछि सुरक्षा फौज मस्जिदभित्र पसेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “कानून उल्लङ्घन गर्नेहरूले उक्साउन नारा लगाउने पटाका पड्काउने र घटनास्थलमा कार्यरत प्रहरी अधिकारीहरूमाथि बोतल, काठ, ढुङ्गा र इटाका टुक्राहरूले आक्रमण गरेपछि स्थिितिलाई नियनत्रणमा लिन सामान्य बल प्रयोग गरिएको थियो ।

इजरायली आक्रमणको मुस्लिम विश्व र संयुक्त राष्ट्रसङ्घबाट निन्दा भएको छ । हजारौं मुस्लिम धर्मावलम्बीले रमजानको पवित्र महिनालाई पहाडको टुप्पोमा रहेको मस्जिद परिसरमा प्रार्थना गरेर मनाउने संवेदनशील बिदाको समयमा हिंसा भड्किएको थियो ।

परिसरको तल, सयौं यहूदी तीर्थयात्रीहरूले निस्तार चाडको छुट्टी मनाउँदै पश्चिमी पर्खालमा प्रार्थना गर्छन् । मुस्लिमहरूको लागि तेस्रो पवित्र स्थल र यहूदीहरूको लागि सबैभन्दा पवित्र स्थान अल–अक्सा मस्जिद परिसर पूर्वी जेरुसलेममा अवस्थित छ ।

यो स्थल पूर्वी जेरुसेलमको पुरानो शहरमा पर्छ । यो क्षेत्र इजरायलले सन् १९६७ को मध्य पूर्व युद्धमा पश्चिम किनारा र गाजा पट्टीको बाँकी भागसहित कब्जा गरेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ९ : ५७ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन