सम्मानित संगीतकार मनोहरि सिंह | Khabarhub Khabarhub

सम्मानित संगीतकार मनोहरि सिंह

नेपाली र हिन्दी संगीतमा एउटै प्रतिभाको उच्च योगदान



ललितपुरको पाटन मठारस्थित भुसाल परिवारलाई प्रतिनिधित्व गर्ने मनोहरि सिंह कलकत्ताको चिनचुवामा जन्मिएका हुन्। उनी कलकत्तामा आफ्नो पिताको प्रेरणाले सङ्गीत जगतमा प्रवेश गरेका हुन्। उनलाई कलकत्ताको सांगीतिक माहोलले एक विशिष्ट सङ्गीतकारको उचाई दिएको छ। उनलाई एस डी वर्मनको सहयोगले बम्बई पुर्याएको हो। बम्बईमा उनी शंकर जय किसानको समूहमा आबद्ध भएर संगीतमा सक्रिय भएका हुन्।

उनले बजाउने ‘इङ्लिस फ्लूड’ जसलाई ‘यंटम फ्लूड’ पनि भनिन्छ। त्यसका लागि पनि उनको ख्याती रहेको पाइन्छ। नेपाली चलचित्रको बम्बईमा रेकर्डिङ हुन थालेपछि धेरैले उनलाई बम्बई गएर फिल्ममा संगीत गर्न आग्रह गरे। उनी फिल्म निर्मातालाई भन्ने गर्थे, नेपालमा अम्बर गुरुङ जस्तो सङ्गीतकार हुँदा हुँदै तपाईंहरू किन म कहाँ आउनु भयो ? उहाँलाई गराउनुस् न भनेर उनलाई आएका प्रस्ताव अस्वीकार गर्थे। उनले नेपालबाट बम्बई गएर गीत रेकर्डिङ गर्ने संगीतकारलाई आफू संयोजक भएर धेरै पटक सहयोग गरेका छन्।

सिंहलाई नेपाली चलचित्रमा ब्याकग्राउण्ड म्युजिकको लागि प्रकाश थापाले ‘जीवन रेखा’मा चयन गरेका हुन्। स्वतन्त्र संगीतकारको रूपमा प्रकाश थापाले नै सिंहलाई चलचित्र ‘सन्तान’मा नियुक्त गरेका हुन्। नेपालबाट बनेको चलचित्र सन्तानका लागि प्रकाश थापाले केबी लामिछानेको कथामा संगीतकारको रूपमा सिंहलाई छानेका हुन्। प्रकाश थापाले जब ‘सन्तान’ बनाउने कुरा गरे तब मनोहरि सिंहलाई सोधेका थिए।

मनोहरि सिंह बम्बईमा नै व्यस्त संगीतकार हुन्। उनले वासु चक्रवतसँग मिलेर मनोहरि वासु नामबाट फिल्ममा संगीत गरिसकेका थिए। त्यस्ता व्यस्त संगीतकार वाद्यवाधकलाई प्रकाश थापाले सन्तानमा संगीतकारको रूपमा लिएपछि सिंहले सन्तानमा गजब गजबका गीतमा सङ्गीत गरे। सन्तानमा सिंहसँग धेरै कलाकारले गीत गाएका थिए। सन्तानको अपार सफलतापछि प्रकाश थापाले पछिको फिल्म ‘कन्यादान’मा फेरि सिंहलाई नै ल्याएका थिए।

मनोहरि सिंहको बम्बईमा इज्जत उच्च आकर्षण अनुभवी सङ्गीतकारको थियो। रञ्जित गजमेर जस्तो सङ्गीतकारलाई बम्बईमा स्थापित गर्न पनि नमोहर सिंहको अहम् भूमिका छ। नमोहरि सिंहसँग काम गर्दा प्रकाश थापालाई सहज हुनुका धेरै कारणमध्ये त्यो पनि एक थियो।

मानेहरि सिंहले कन्यादानमा फेरि एक पटक आफ्नो दमदार छवि प्रस्तुत गरेका थिए। गीत सङ्गीतबाट मात्र होइन। एउटै गीतबाट पनि उनले ३० औं वर्ष लामो रेकर्ड राखेका छन्।

जब सिंहको निधन भयो त्यति बेला हामीले उनको सम्झनामा ललितपुरको कुपन्डोलस्थिति एक होटलमा श्रद्धाञ्जली अर्पणका लागि शोकसभा गरेका थियौं। त्यसमा फोटोग्राफर विकास रौनियार, कवि मुराहरि सिग्देललगायत धेरै सहभागी थिए। त्यसबेला चेतन कार्कीले धारणा राखे। मेरो मनोहरि सिंहसँग कहिल्यै भेट भएको थिएन। उनले सङ्गीत गरेको विवश मुरत भएको दिनबाट अगाडि बढ्न सकेन। त्यो फिल्म त्यहाँबाटै रोकियो।

उनमा गीत, कवितालाई नजिकबाट बुझ्ने क्षमता थियो। त्यसरी संगीत गर्दा उनको निकै रोचक पक्ष रहन गयो। युवा निर्देशक फुर्पा छिरिङ गुरुङले विवश भन्ने फिल्म बनाउने भएपछि त्यसका लागि मनोहरि सिंहलाई नै संगीत गर्न दिने निधो गरे। उनलाई अन्य फिल्मको लागि धेरै अफर आएको थियो। उनी एक हिसाबले काममा निरन्तर लागि नै रहेका थिए। मानोहरि सिंह बम्बईमा यति व्यस्त र बेफुर्सदिलो हुन्थे। नेपालीमा सङ्गीत गर्नको निमित्त समय भने कसरी निकाल्ने गरेका थिए भनेर चकित बन्न सकिन्छ।

उनले हिन्दी फिल्ममा पुर्याएको योगदान हिन्दी फिल्मको जगतमा वाद्यवाधनको रूपमा ए, बी र सी जुन श्रेणी विभाजन गरिएको थियो। त्यसमा उहाँलाई ए बाट पनि माथि सुपर ए को श्रेणीमा राखिएको छ।

मनोहरि सिंह लामो समय आर्डी वर्मनका मुख्य सहायकका रूपमा र त्यस भन्दा अगाडि यस डी वर्मनका सहायकको रूपमा पनि काम गरेका छन्। आफै पनि आफ्ना साथीसँग मिलेर संयुक्त सङ्गीतकारको रूपमा काम गरे। हरेक सङ्गीतकारको सङ्गीतमा आफ्नो वाद्यवादन प्रस्तुत गर्ने काम पनि गरे।

एक समय उनको जीवनमा एउटा कठोर समय आयो। जतिबेला बलिउडमा जति नै ललितलाई ब्यान्ड गरिएको थियो। मनोहरि सिंह स्टुडियो भित्र प्रवेश गर्दा अन्य वाद्यवाधक जुरुक्क उठिदिन्थे। उनको टेक नभए पनि उनी प्रवेश गरेको समय थाहा पाएपछि अरू बजाइरहेका वाद्यवादन पनि आफ्नो बाजा भुइँमा छोडेर उभिने गरेका थिए।

उनलाई सबैले सत्कार गर्ने गरेका थिए। जतिन ललितको सङ्गीतमा त्यो समयमा उनले बजाउन जाँदा उनलाई सीएमएले कारवाही गरेको कुराले उनी दुःखी भए। उनी आरडी वर्मनसँग निकै निकटतामा थिए। आरडी वर्मनसँगको उनको लामो साङ्गीतिक यात्रा आरडी वर्मनको साङ्गीतिक जीवन यात्रा भन्दा पहिलेबाट सुरु भएको थियो। उनले हिन्दी तथा नेपाली चलचित्र लगाएको गुण बिर्सिन सकिँदैन।

नेपालका प्रख्यात गायक प्रेमध्वज प्रधानले आफ्नो निजी खर्चबाट पहिलो रेकर्ड एल्बम गर्न जब बम्बई पुगे त्यति बेला बम्बईमा रेकर्डिङ गरेका सबै गीतहरूको म्युजिक एरेन्जर उनले गरेका थिए। यो २०२१ भन्दा अगाडिको कुरा हो। जति बेला प्रेमध्वज प्रधानले धेरै गीत रेकर्ड गरे। त्यसमा नमोहरि सिंहको महत्त्वपूर्ण भूमिका रहेको छ।

मनोहरि सिंहले सङ्गीत गरेको पछिल्लो फिल्म ‘विवश’मा प्रेमध्वज प्रधानले गाएका छन्। तर दुःखका साथ भन्नुपर्छ त्यो फिल्म बन्न सकेन। उनले आफ्नो पेसामा अग्रज र अनुज भनेर फरक नछुट्याइकन काम गर्थे। अर्थात् उनी धर्म निर्वाह गरेर काम गर्थे।

म स्वयमले बनाएको फिल्म पृथ्वी, सिमानामा पनि नमोहरि सिंहले शक्ति वल्लभको सङ्गीतमा वाद्यवाधकको रूपमा आएर बाजा बजाएर आफ्नो पारिश्रमिक लिएर प्रस्थान गरेका छन्। नेपाली सिनेमा र हिन्दी सङ्गीतलाई अतुलनीय योगदान दिएका नमोहरि सिंह नेपालीका माझ सधा सम्मान र श्रद्धाका पात्र हुन्। सङ्गीतकार नमोहरि सिंहप्रति हार्दिक श्रद्धाञ्जली।
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ९ : ५१ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित