गाडीको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

गाडीको ठक्करबाट एक जनाको मृत्यु


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नवलपुर–मलंगवा सडक खण्डमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

सो सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार बीआर ३० ए २७२१ नम्बरको भारतीय गाडीले ठक्कर दिँदा पैदलयात्री चन्द्रनगर गाउँपालिका–१, मोहनपुरका २२ वर्षीय पप्पु बैठाको उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार साँझ भारतीय नम्बर प्लेटको डीजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको र उपचारको क्रममा बैठाको मृत्यु भएको  हो ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ५ : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना