सिन्धुपाल्चोकको हैबुङ्मा आँखा शिविर सम्पन्न, १८७ जनाले लिए सेवा « Khabarhub

सिन्धुपाल्चोकको हैबुङ्मा आँखा शिविर सम्पन्न, १८७ जनाले लिए सेवा


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग, मेलम्ची नगरपालिका, नेशनल ओपन स्काउट क्र्यू र मेलम्ची नगरपालिका वडा नम्बर ३ को संयुक्त आयोजनामा हैबुङ् स्थित वडा कार्यालयको नयाँ भवनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।  

उक्त शिविरमा मेलम्ची नगरपालिका  वडा नम्बर २,३,४ र काठमाडौंको गोकर्णेश्वर नगर पालिकाका १ मूलखर्क दुखीका आँखा सम्बन्धी समस्या भएका १८७ जनाले आँखा जाँच गरी आवश्यकता अनुसार निःशुल्क चश्मा र औषधी समेत प्राप्त गरे ।

 कार्यक्रम समायोजन गर्ने नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यूका संस्थापक रोभर लिडर तथा नेपाल स्काउटका  सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरिका अनुसार उक्त शिविरबाट छानिएका १७ जना मोतियाबिन्दुका बिरामीहरू लाई यही वैशाख २४ गते तिलगंगा आँखा प्रतिष्ठान मार्फत निःशुल्क शल्यक्रिया गराउने समेत जानकारी दिए ।

स्थानीय वडा वडा नम्बर ३ का अध्यक्ष कुमार बन्जाराका अनुसार यस्ता सामाजिक कार्यहरूलाई प्रर्वद्धन गरिने तथा स्काउट सँग अन्य वडाहरूलाई समेत जोडेर  यस्ता स्वास्थ्य सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरी लक्षित बर्ग लाई समेट्न पहल गरिने बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ७ : ३७ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन