आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ « Khabarhub

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड दिएको छ।

संयुक्त राष्ट्रसङ्घकी सहायक महासचिव तथा सुरक्षा परिषद्को आतङ्कवादविरोधी समितिको कार्यकारी निर्देशनालयकी प्रमुख नतालिया गेर्मानले आतङ्कवाद पछिल्लो समय थप विखण्डित, विकेन्द्रित र विभिन्न क्षेत्रमा फैलिँदो चुनौतीका रूपमा विकसित भइरहेको बताएकी छन् ।

उनले आतङ्कवादी समूहहरूले संगठनात्मक संरचनामा परिवर्तन गर्दै गतिविधि विकेन्द्रित गर्ने, आर्थिक स्रोतका माध्यम विविध बनाउने तथा कमजोर शासन व्यवस्था र अस्थिर परिस्थितिको फाइदा उठाउने प्रयास गरिरहेको बताइन् ।

गेर्मानका अनुसार कमजोर शासन, स्रोतसाधनका लागि हुने प्रतिस्पर्धा र स्थानीय असन्तुष्टिजस्ता परिस्थितिलाई आतङ्कवादी समूहहरूले आफ्नो प्रभाव विस्तार गर्न प्रयोग गरिरहेका छन्।

यस्ता समूहले महिला तथा पुरुषका फरक संवेदनशीलतालाई ध्यानमा राखेर प्रचार, भर्ती र प्रभाव विस्तारका रणनीति अपनाउने गरेको पनि उनले उल्लेख गरे।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  २ : ४२ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी