सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्छ : उपेन्द्र यादव « Khabarhub

सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्छ : उपेन्द्र यादव


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताएका छन् । आज भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा अहिलेको सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

सरकारले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनको भनाई। अध्यक्ष यादवले राजनीतिक दलका नेताप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेको बताउदै मुलुकले अत्यन्तै आर्थिक सङ्कट बेहोरिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्नेमा जोड दिए।

सरकार परिवर्तनको हल्ला व्यर्थ रहेको बताउदै उनले भने, “दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित हुँदैन । अब जनतालाई गरेर देखाउने बेला आएको छ, हाम्रो पाटी शिक्षा, रोजगारी, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्दछौँ ।”

अध्यक्ष यादवले नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर विदेश पठाउँदै कमाउने प्रथा चलेकोबारे आफूले पहिलोपल्ट सुनेको भन्दै यसबारे सरकारले गम्भीररुपमा छानबिन गरेर जोसुकै दोषी भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

अध्यक्ष यादवले वर्तमान आर्थिक सङ्कटको समाधानका लागि सरकारले आफ्नो आर्थिक नीतिमा परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले व्यापारीले घरमा थुपारेको भनिएको रकम बाहिर ल्याउन सरकारले अर्थ नीतिमा परिवर्तन गर्नुपर्ने बताए ।

उनले भने, “घरघरमा थुपारिराखेको रकमलाई बाहिर ल्याउन पाँचसय र एकहजारका नोट विमुद्रीकरण गर्ने जुन हल्ला बजारमा छ, त्यसो गरिए देशको आर्थिक सङ्कट झन बल्झिने मात्र नभई अर्थतन्त्र नै डामाडोल हुन्छ, त्यस्तो कदम सरकारकै लागि आत्मघाती हुनेछ ।”

सांसद यादवले कोशी प्रदेशमा नामकरणलाई लिएर चलिरहेको असन्तोषलाई गम्भीरतापूर्वक ध्यान दिएर सम्बोधन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : २२ बजे

वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड

रामल्लाह- कब्जामा रहेको वेस्ट बैङ्कको एक गाउँस्थित मस्जिदमा आगजनी तथा तोडफोड

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार

हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसझङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

तीन महिनामा एक हजार ४ सय ५२ सहकारी बचतकर्ताको रकम फिर्ता गरिसक्यौँ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री