मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव भेटियो « Khabarhub

मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव भेटियो


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोरखाको मनास्लु क्षेत्रमा पदायात्रका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि भेटिएको छ । गत वैशाख १८ गते मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव आज मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो ।

लार्केपास क्षेत्रमा भेटिएको उक्त शवलाई हेलिकप्टरमार्फत सामागाउँ ल्याइएको चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । मृतक दवाडी ठमेलको भारल ट्रेकिङमार्फत पदयात्रामा गएका थिए । वैशाख १८ गते उक्त क्षेत्रमा हिमपात भएको थियो ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष नीलहरि बाँस्तोलाले दवाडीको शवलाई सामागाउँबाट काठमाडौँ ल्याउनका लागि टानले पहल गरिरहेको बताए । काठमाडौँ ल्याउन लागिएको उक्त शव परीक्षण गरेपश्चात् परिवारलाई बुझाइनेछ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ५२ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन