प्रधानमन्त्री प्रचण्डले आज आध्यात्मिक सम्मेलनको उद्घाटन गर्ने « Khabarhub

प्रधानमन्त्री प्रचण्डले आज आध्यात्मिक सम्मेलनको उद्घाटन गर्ने

भारतीय योगगुरु रामदेव, आचार्य बालकृष्ण सहभागी हुने


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – भूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा आज अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ।

सम्मेलनका लागि मूल आयोजक समितिका संयोजक एवं प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको मन्त्रीको टोली खप्तड क्षेत्रमा पुगिसकेको छ। सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव पनि आउने भएका छन्। पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण खप्तड पुगिससकेका छन्।

सम्मेलनको तयारीका लागि प्रदेशका मुख्यमन्त्री शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति र अन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ।

आयोजक समितिका सहसंयोजक एवं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले सम्मलेनको तयारी लगभग भएको जानकारी दिए। प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा पहिलो पटक यस्तो सम्मेलन हुन लागेको हो। समुद्री सतहबाट झन्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्या पर्यटन, आध्यात्मिक लगायतका दृष्टिले महत्त्वपूर्ण रहेको छ।

सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा र अछामको सङ्गम क्षेत्रका रूपमा रहेको यो क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए। यो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन्। बहुमूल्य जडीबुटी पनि पाइन्छन्। खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झन्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ।

आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो सम्मेलन हुन लागेको हो। सुदूरपश्चिम देवभूमि र तपोभूमिका रूपमा सदियौँदेखि परिचित पनि छ भन्ने सन्देश दिन पनि यो सम्मेलन गर्न लागिएको हो।

विकासको पहिलो पूर्वाधार मानिने सडक मार्ग खप्तडमा आहिलेसम्म पुग्न सकेको छैन। डोटी जिल्लाको झिङ्गराना हुँदै खप्तड पुगिन्छ झिङरानासम्म यातायातमार्फत पुगिने भए पनि त्यसपछि झन्डै एक दिनको पैदल यात्रापछि मात्र खप्तड पुगिन्छ। बाजुरा, बझाङ र अछामको बाटो हुँदै पनि खप्तड पुगिन्छ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ६ : ३० बजे

बूढानीलकण्ठमा रविसँग भेटेपछि सिंहदरबार छिरे गृहमन्त्री सुधन, मन्त्रिपरिषद् बैठकमा सहभागी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ अहिले मन्त्रिपरिषद्को बैठकमा भाग लिन प्रधानमन्त्री

गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव

सयोल- उत्तर कोरियाको संवेदनशील आणविक गतिविधिबारे सार्वजनिक अभिव्यक्तिपछि अमेरिका र

‘बफिन्स ९८’ले ल्यायो ‘हाम्रो आवाज’

काठमाडौं – पोखरको सांगीतिक समूह ‘बफिन्स ९८’ले नयाँ गीत ‘हाम्रो

के हो प्रसूति हिंसा, कसरी न्यूनीकरण गर्ने ?

काठमाडौं- राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति

किसानको बारीबाट किनेको भन्दा पाँच गुणा महँगोमा बेचिँदै केरा

काठमाडौं– नेपाल केरा उत्पादक महासंघले केराको बजारीकरणका क्रममा बिचौलियाको हस्तक्षेप