प्रधानमन्त्री प्रचण्डले आज आध्यात्मिक सम्मेलनको उद्घाटन गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डले आज आध्यात्मिक सम्मेलनको उद्घाटन गर्ने

भारतीय योगगुरु रामदेव, आचार्य बालकृष्ण सहभागी हुने


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – भूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा आज अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ।

सम्मेलनका लागि मूल आयोजक समितिका संयोजक एवं प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको मन्त्रीको टोली खप्तड क्षेत्रमा पुगिसकेको छ। सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव पनि आउने भएका छन्। पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण खप्तड पुगिससकेका छन्।

सम्मेलनको तयारीका लागि प्रदेशका मुख्यमन्त्री शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति र अन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ।

आयोजक समितिका सहसंयोजक एवं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले सम्मलेनको तयारी लगभग भएको जानकारी दिए। प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा पहिलो पटक यस्तो सम्मेलन हुन लागेको हो। समुद्री सतहबाट झन्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्या पर्यटन, आध्यात्मिक लगायतका दृष्टिले महत्त्वपूर्ण रहेको छ।

सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा र अछामको सङ्गम क्षेत्रका रूपमा रहेको यो क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए। यो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन्। बहुमूल्य जडीबुटी पनि पाइन्छन्। खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झन्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ।

आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो सम्मेलन हुन लागेको हो। सुदूरपश्चिम देवभूमि र तपोभूमिका रूपमा सदियौँदेखि परिचित पनि छ भन्ने सन्देश दिन पनि यो सम्मेलन गर्न लागिएको हो।

विकासको पहिलो पूर्वाधार मानिने सडक मार्ग खप्तडमा आहिलेसम्म पुग्न सकेको छैन। डोटी जिल्लाको झिङ्गराना हुँदै खप्तड पुगिन्छ झिङरानासम्म यातायातमार्फत पुगिने भए पनि त्यसपछि झन्डै एक दिनको पैदल यात्रापछि मात्र खप्तड पुगिन्छ। बाजुरा, बझाङ र अछामको बाटो हुँदै पनि खप्तड पुगिन्छ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ६ : ३० बजे

सुदूरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच

तरुण दलको लमजुङ अधिवेशनमा झडप, खुकुरी प्रहारबाट चारजना घाइते

लमजुङ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला

ट्रम्पप्रति इरानी नेताको आक्रोश

इरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमण सकाएर फर्केपछि

नदी कटान रोकथाम गर्न ‘कम्पोजिट’ पर्खाल निर्माण

म्याग्दी– नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४

रामबहादुरको मुहारमा फर्किएको खुसी…

गोरखा- गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि पुनः