ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै « Khabarhub

ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । आज चर्च ब्वाइज युनाइटेड र थ्री स्टार, खुमलटार र एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस तथा सातदोबाटो  र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

चर्च ब्वाइज र थ्री स्टारको खेल दिउँसो ३ बजे दशरथ रङ्गशालामा हुनेछ । जारी लिगमा २४ खेलबाट ४४ अंक जोडेको चर्च ब्वाइज शीर्ष स्थानमा रहेको छ । २८ अंक भएको थ्री स्टार १२औँ स्थानमा छ ।

यस्तै, खुमलटार र एपीएफ क्लबबीचको खेल च्यासल मैदानमा दिउँ ३ बजे हुनेछ । २४ खेलको समाप्ति सम्म एपीएफ ३० अंकका साथ नवौँ स्थानमा छ भने २४ अंक रहेको खुमलटार तालिकाको पुछारमा छ ।

यसैगरी, त्रिभुवन आर्मी र नेपाल पुलिसले दिउँसो ३ बजे एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा खेल्ने छन् । ३७ अंक रहेको पुलिस क्लब चौथो स्थानमा रहँदा आर्मी ३० अंकसहित आठौँ स्थानमा छ ।

यस्तै, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीचको खेल दशरथ रङ्गशालामा साँझ ६ बजे हुनेछ । जारी लिगमा जावलाखेल ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने ३२ अंक जोडेको सातदोबाटो पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ७ : २३ बजे

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न