दुवै सदनमा आज बजेटमाथिको छलफल जारी रहने | Khabarhub Khabarhub

दुवै सदनमा आज बजेटमाथिको छलफल जारी रहने


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ।

जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज एकै पटक बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ। हिजो सुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो।

सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन्। गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो।

सो अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर गत आइतबार संसद् अवरुद्ध भएको थियो भने बङ्गलादेश जाने मार्गका लागि कालापानी साटफेर गर्ने विषयमा प्रधानमन्त्री दाहालसँग प्रमुख प्रतिपक्ष दललगायतले जवाफ माग गरे पछि बजेटमाथिको छलफल सहज तरिकाले अघि बढ्न सकेको थिएन।

तर, सोमबार प्रधानमन्त्री प्रचण्डले जवाफ दिइसकेकाले बजेट माथिको छलफलले निरन्तरता दिन लागिएको हो।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ७ : ३९ बजे

बाजुरामा ५.३ रेक्टर स्केलको भूकम्प

बाजुरा– बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  मंगलबार दिउँसो

सरकारले सभामुख घिमिरेको अपमान गर्‍यो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभाको

‘निर्वाचन प्रणाली तथा व्यवस्थापनमा आधारभूत सुधार आवश्यक’

काठमाडौं– निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन निर्वाचन प्रणाली

२९ रुसी ड्रोन र क्षेप्यास्त्र खसालेको युक्रेनको दाबी

किएभ- युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्विपबाट

बनेपामा निःशुल्क स्वास्थ्य परीक्षण सुरु

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सुरु