राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र सिटिबिटीयोका कार्यकारी सचिवबीच भेटवार्ता | Khabarhub Khabarhub

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र सिटिबिटीयोका कार्यकारी सचिवबीच भेटवार्ता


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धी संगठन (सिटिबिटीयो) का कार्यकारी सचिव रोर्बट फ्लोएड बिच शिष्टाचार भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिना र कार्यकारी सचिव फ्लोएडबीच सिंहदरबार स्थित संसद सचिवालयमा शिष्टाचार भेटवार्ता भएको हो । उक्त भेटमा अध्यक्ष तिमिल्सनाले नेपाल सबै किसिमका आम विनाशका हतियारहरूको निशस्त्रीकरणको पक्षधर भएको बताए ।

‘सबै प्रकारका हतियारको निशस्त्रिकरण नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्षको रुपमा रही आएको छ,’ उनले भने, ‘नेपाल हात–हतियार दौडको विरुद्धमा छ र सामूहिक विनाशका सबै प्रकारका हतियारको समयबद्व र सम्पूर्ण निशस्त्रिकरणको वकालत गरिरहनेछ र यसका निम्ति अन्तर्राष्ट्रिय प्रयत्नहरुप्रति पनि ऐक्यबद्धता जनाउँदछ ।’

अध्यक्ष तिमिल्सिनाले संसदको चालु अधिवेशनबाट बजेट पारित भइसकेपछि सरकारले सिटिबिटीयो सन्धि अनुमोदनका लागि संसदमा प्रस्तुत गरेमा संसद त्यो प्रक्रियामा प्रवेश गर्ने आश्वासन दिदै सन्धिलाई हस्ताक्षर र अनुमोदन गर्ने राष्ट्रहरुको उल्लेख्य संख्याले नेपाल प्रोत्साहित भएको बताए ।

नेपाल शान्ति र अहिंसाका प्रर्बद्धक गौतम बुद्धको देश भएका कारण नेपालले सगरमाथाको शिखरबाट शान्तिको सन्देश फैलाउँदै आएको पनि स्मरण गराए । सिटिबिटीयोका कार्यकारी सचिब फ्लोएडले पश्चिम अफ्रिका र दक्षिणपुर्वी एसियाका धेरै देशहरुले सन्धी अनुमोदन गरेको बताउँदै नेपालबाट पनि छिट्टै सन्धी अनुमोदन हुने विश्वास ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  १२ : ११ बजे

नारायणगढ–मुग्लिन सडकखण्डमा सहज रूपमा यातायात सञ्चालन

चितवन– एक सातामा पटकपटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार स्थानीय बजारमा सुनको

आठ हजारभन्दा बढी कैदीबन्दी कारागारमा फर्किए

काठमाडौं– देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका

यस्तो छ सूर्यविनायक-धुलिखेल सडकको अवस्था (तस्बिरहरू) 

एजेन्सी– अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६