धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि…  « Khabarhub

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि… 


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौँ–धनगढी उडानको ड्यास आठ ९-८० जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको संकेत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए ।

प्रवक्ता सिटौलाले भने, ‘बिहान धनगढी उडेको जहाज, प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली) मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाडौँ फर्काइएको थियो, उक्त जहाजका यात्रुलाई बिहान १०ः३० बजे अर्के जहाजको उडानबाट गन्तव्य लगिएको छ ।’

काठमाडौँ विमानस्थलबाट विहान ८ः३० बजे धनगढीका लागि उडान भरेको जहाजमा प्रेसराइजेसन सिस्टमले काम नगरेपछि बीचबाटोबाटै फर्काइएको विमानस्थलले जनाएको छ । उक्त जहाजका यात्रुलाई वैकल्पिक व्यवस्था गरेर गन्तव्य पुर्‍याइएको पनि थियो । 

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाजमा केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताए ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  १२ : ३९ बजे

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

धनुषा– धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको

सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध

वीरगञ्ज– औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

दोधारा चाँदनी – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले

रोकिएन पूर्णबहादुरको गुटगत ‘कचहरी’, के होला संस्थापनको अल्टिमेटम ?

काठमाडौं- गत शुक्रबार अबेर सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा

रास्वपा प्रवास प्रमुखमा दीपक बोहरा, वैशाख १५ देखि जिल्ला अधिवेशन थाल्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य