स्याङ्जाका नयाँ पुस्तामा छैन जातीय भेदभाव र छुवाछुत « Khabarhub

स्याङ्जाका नयाँ पुस्तामा छैन जातीय भेदभाव र छुवाछुत


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

गल्याङ- दलित समुदायमाथि जातका आधारमा गरिने छुवाछुत तथा भेदभाव स्याङ्जामा न्यून हुँदै गएको दलित समुदायले महसुस गर्न थालेका छन् ।

गल्याङ नगरपालिका–६ का मनिसा सेञ्चुरीले वृद्धहरुमा अझै पनि छुवाछुतको मानसिकता रहे पनि नयाँ पुस्ताका गैरदलितले छुवाछुत र विभेद नगर्ने बताइन् । धारोमा पानी भर्दा, मेलापात तथा भोजभतेर र मन्दिरमा हुने भेदभाव हट्दै जान थालेको उनको अनुभव छ ।

मानिसहरु शिक्षित बन्नु, यससम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन, समाजमा चेतनाको विकासलगायतले जातिय छुवाछुत तथा भेदभाव कम भएको उनको अनुभव छ । यद्यपि समाजका सबै उमेर समूहमा भने सोही अनुसारको चेतना फैलाउन नसकिएको उनले बताइन् ।

पुराना पुस्ताबाट धर्म तथा संस्कारका नाममा दलितलगायतका जातसँग पानी बार्ने, उनीहरुलाई मन्दिर प्रवेशमा रोक लगाउने र सम्बन्ध नगाँस्ने व्यवहार भए पनि अहिले त्यो न्यून हुँदै गएको छ ।

पछिल्लो समय दलित र गैरदलित भोजभतेरमा सँगै बसेर खान थालेका छन् । निश्चित जात मात्र पस्न र पूजा गर्न पाउने भनिएका मन्दिर सबैका लागि खुला गरिएको छ । जातियरुपमा गरिने विभेदजन्य कार्यले कानूनी रुपमा दण्डित हुनुपर्ने भएकाले पनि सार्वजनिक रुपमा छुवाछुत न्यून हुँदै गएको धेरैको बुझाइ छ ।

गल्याङ नगरपालिका–११, गल्कोटका युवा उदयराज भण्डारीले आजका दिनमा सबै प्रकारका भेदभाव निन्दनीय भएको बताए । उनले जातका आधारमा हुने छुवाछुत तथा भेदभाव हटाउन विभिन्न सङ्घ संस्थासँगको सहकार्यक्रम अभियान चलाइएको समेत जानकारी दिए । जातिय छुवाछुतविरुद्धको अभियान सञ्चालन गर्दा आफूहरुलाई पुराना पुस्ताबाट सामाजिक बहिस्कारको चेतावनी समेत आउने गरेको गुनासो पोखे । यद्यपि समाजलाई पूर्ण रुपमा परिवर्तन गर्न भने केही समय लाग्ने र आफूहरु सोही बाटोमा अग्रसर भएको उनको भनाइ छ ।

गल्याङ नगरपालिका–४, का नारायण न्यौपानेले नयाँ पुस्तामा यसप्रकारको विभेदको मानसिकता हराउँदै गएको बताए । गल्याङ नगरपालिका–४, कै मञ्जु मगरले पनि पनि खानेपानीका धारा, मन्दिरलगायतका स्थानमा गरिने विभेद हराउँदै गएको अनुभव सुनाइन् ।

दलित अधिकारकर्मी पूर्णिमा परियारले दलित एक्लैको प्रयासले जातीय छुवाछुत तथा भेदभाव निर्मूल नहुने भन्दै सबैको साझा प्रयास आवश्यक रहेको बताइन् । उनले सरोकारवाला निकायसँग नागरिकलाई संविधान र कानूनका बारेमा अवगत गराउन सचेतनामुलक कार्यक्रम सञ्चालन गरिदिन आग्रह गरिन् ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ४ : ५२ बजे

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी