स्याङ्जाका नयाँ पुस्तामा छैन जातीय भेदभाव र छुवाछुत « Khabarhub

स्याङ्जाका नयाँ पुस्तामा छैन जातीय भेदभाव र छुवाछुत


२३ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

गल्याङ- दलित समुदायमाथि जातका आधारमा गरिने छुवाछुत तथा भेदभाव स्याङ्जामा न्यून हुँदै गएको दलित समुदायले महसुस गर्न थालेका छन् ।

गल्याङ नगरपालिका–६ का मनिसा सेञ्चुरीले वृद्धहरुमा अझै पनि छुवाछुतको मानसिकता रहे पनि नयाँ पुस्ताका गैरदलितले छुवाछुत र विभेद नगर्ने बताइन् । धारोमा पानी भर्दा, मेलापात तथा भोजभतेर र मन्दिरमा हुने भेदभाव हट्दै जान थालेको उनको अनुभव छ ।

मानिसहरु शिक्षित बन्नु, यससम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन, समाजमा चेतनाको विकासलगायतले जातिय छुवाछुत तथा भेदभाव कम भएको उनको अनुभव छ । यद्यपि समाजका सबै उमेर समूहमा भने सोही अनुसारको चेतना फैलाउन नसकिएको उनले बताइन् ।

पुराना पुस्ताबाट धर्म तथा संस्कारका नाममा दलितलगायतका जातसँग पानी बार्ने, उनीहरुलाई मन्दिर प्रवेशमा रोक लगाउने र सम्बन्ध नगाँस्ने व्यवहार भए पनि अहिले त्यो न्यून हुँदै गएको छ ।

पछिल्लो समय दलित र गैरदलित भोजभतेरमा सँगै बसेर खान थालेका छन् । निश्चित जात मात्र पस्न र पूजा गर्न पाउने भनिएका मन्दिर सबैका लागि खुला गरिएको छ । जातियरुपमा गरिने विभेदजन्य कार्यले कानूनी रुपमा दण्डित हुनुपर्ने भएकाले पनि सार्वजनिक रुपमा छुवाछुत न्यून हुँदै गएको धेरैको बुझाइ छ ।

गल्याङ नगरपालिका–११, गल्कोटका युवा उदयराज भण्डारीले आजका दिनमा सबै प्रकारका भेदभाव निन्दनीय भएको बताए । उनले जातका आधारमा हुने छुवाछुत तथा भेदभाव हटाउन विभिन्न सङ्घ संस्थासँगको सहकार्यक्रम अभियान चलाइएको समेत जानकारी दिए । जातिय छुवाछुतविरुद्धको अभियान सञ्चालन गर्दा आफूहरुलाई पुराना पुस्ताबाट सामाजिक बहिस्कारको चेतावनी समेत आउने गरेको गुनासो पोखे । यद्यपि समाजलाई पूर्ण रुपमा परिवर्तन गर्न भने केही समय लाग्ने र आफूहरु सोही बाटोमा अग्रसर भएको उनको भनाइ छ ।

गल्याङ नगरपालिका–४, का नारायण न्यौपानेले नयाँ पुस्तामा यसप्रकारको विभेदको मानसिकता हराउँदै गएको बताए । गल्याङ नगरपालिका–४, कै मञ्जु मगरले पनि पनि खानेपानीका धारा, मन्दिरलगायतका स्थानमा गरिने विभेद हराउँदै गएको अनुभव सुनाइन् ।

दलित अधिकारकर्मी पूर्णिमा परियारले दलित एक्लैको प्रयासले जातीय छुवाछुत तथा भेदभाव निर्मूल नहुने भन्दै सबैको साझा प्रयास आवश्यक रहेको बताइन् । उनले सरोकारवाला निकायसँग नागरिकलाई संविधान र कानूनका बारेमा अवगत गराउन सचेतनामुलक कार्यक्रम सञ्चालन गरिदिन आग्रह गरिन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ४ : ५२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको