ए डिभिजन लिग फुटबल : एफसी खुमलटार विजयी « Khabarhub

ए डिभिजन लिग फुटबल : एफसी खुमलटार विजयी


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा खुमलटारले एपिएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे भने स्टेफेन बिनोङले एक गोल थपे ।

यता एपिएफका लागि सनिश श्रेष्ठले एक सानत्वना गोल फर्काए । खेलको १३ औँ मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–० को अग्रता दिलाए ।
त्यसैगरी खेलको ५५ औँ मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एपिएफका सनिशले एक गोल फर्काए पनि खुमलटार ३–१ ले विजयी भयो ।

जितसँगै खुमलटारले २५ खेलमा २७ अङ्क जोडेर अङ्क तालिकाको १३ औँ स्थानमा उक्लिएको छ । समान २५ खेल नै खेलको एपिएफ ३० अङ्क जोडेर अङ्क तालिकाको नवौँ स्थानमा रहेको छ ।

त्यसैगरी सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्समा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले एक एक गोलको बराबरी खेल्दै एक एक अङ्क बाडेका छन् ।

खेलमा सुरुआती अग्रता भने आर्मीले लियो । खेलको दोस्रो मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै पहिलो अग्रता लिए । आर्मीको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ३९ औँ मिनेटमा पुलिसका अहमत हिजाजीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल एक एक गोलको बराबरीमा सम्पन्न भयो । यस बराबरी खेलसँगै आर्मीले २५ खेलमा ३१ अङ्क जोडेर अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ भने समान खेल खेलको पुलिस ३८ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ८ : १९ बजे

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन