एमालेले ७० वर्षे उमेरहद हटाउने | Khabarhub Khabarhub

एमालेले ७० वर्षे उमेरहद हटाउने


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ । नेकपा एकीकृत समाजवादीबाट फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउन विधानमा भएको प्रावधानमा बाधा फुकाइनेको बताइएको छ ।

गत शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्ष नाघेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेकोमा विधान बाधक रहेको थियो । पार्टी विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने, एमालेले तल्लो तहमा पठाएको अन्तर पार्टी निर्देशनमा उल्लेख छ।

एमालेले काठमाडौंमा भएको नवौ महाधिवेशनदेखि केन्द्रीय कमिटीको चुनाव लड्न ७० वर्ष नपुगेको हुनुपर्ने प्रावधान विधानमै राखेको थियो।

एमालेको विधानमा कुनै पनि कमिटीको पदाधिकारी हुन ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई विधान महाधिवेशनमा लगेर हटाउने गरी अहिलेलाई बाधा अड्चन फुकाउ गरिएको बताइएको छ ।

 

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ८ : २८ बजे

न्हेचुङमा पूर्वाधार निर्माण गर्न तीन करोड बजेट

मुस्ताङ – माथिल्लो मुस्ताङको (नेपाल—चीन) उत्तरी कोरला नाकास्थित लोमान्थाङ–२ न्हेचुङमा

नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव

काठमाडौं – नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न