दुई सय बत्तीस जना सवार विमानको इन्जिन मध्य आकाशमा बिग्रिएपछि... | Khabarhub Khabarhub

दुई सय बत्तीस जना सवार विमानको इन्जिन मध्य आकाशमा बिग्रिएपछि…


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको राजधानी नयाँदिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति चालक दलका १६ जना सदस्य र दुई सय १६ जना यात्री बोकेर उडेको इन्डियाको एयर इन्डियाको विमान मध्य आकाशमा यान्त्रिक समस्या भएपछि रुसतर्फ पथान्तरण भएको छ ।

निर्धारित समयमा इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार सानफ्रान्सिस्कोतर्फ उडेको विमानको एउटा इन्जिनमा प्राविधिक खराबी उत्पन्न भएपछि रुसको मगदान विमानस्थलमा सुरक्षित अवतरण भएको एयर इन्डियाले एक विज्ञप्ति निकालेर जनाएको छ ।

“मगदानमा सबै यात्रुलाई हरसम्भव सबै सहयोग उपलब्ध गराइएको र चाँडोभन्दा चाँडो उनीहरूलाई गन्तव्यमा पुग्न वैकल्पिक विकल्प उपलब्ध गराइने छ । विमानको प्राविधिक परीक्षण भइरहेको छ । यात्रुहरूलाई पर्न गएको असुविधाप्रति खेद व्यक्त गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
यसअघि यसै वर्षको अप्रिलमा खराब मौसम र आकाशमा विमानहरूको भीडभाडका कारण चेन्नईबाट सिङ्गापुरतर्फ प्रस्थान गरेको एयर इन्डियाको विमानलाई पथान्तरण गरेर मलेसियामा अवतरण गरिएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ९ : १६ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास