लम्पी स्किन रोग तराई हुँदै हिमाली जिल्लामा फैलियो « Khabarhub

लम्पी स्किन रोग तराई हुँदै हिमाली जिल्लामा फैलियो


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ ।

पशु सेवा विकासका सूचना अधिकारी डा चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु सङ्क्रमित भएको सूचना आएको जानकारी दिए । नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएको र करिब छ हजार पशु मरेको सूचना अधिकारी ढकालले जानकारी दिए । लम्की स्किन रोग न्यूनीकरणका लागि खोप आइसकेको भन्दै उनले सङ्क्रमित नभएका पशुलाई खोप लगाउन किसानलाई आग्रह गरे ।

मुख्यगरी सव सहारन अफ्रिका मध्यपूर्व र टर्कीमा देखिने गरेको लम्पी स्किन रोग सन् १९८९ मा इजरायलमा देखिएको थियो । सन् २०१९ पछि दक्षिण एसियाको बङ्गलादेश, भारत र चीनलगायतका देशमा देखा परिसकेको छ ।

विसं २०७७ असार १० गते मोरङ जिल्लामा लम्पी स्किन रोगको लक्षण देखा परेको सूचना अधिकारी ढकाले जानकारी दिए । उनले भने, “गाईमा लक्षण देखा परेपश्चात् उक्त गाईबाट नमूना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा मलिकुलर विधिबाट परीक्षण गर्दा २०७७ साउन १२ गते लम्पी स्किन रोग पुष्टि भएको प्रयोगशाला प्रतिवेदन प्राप्त भएको थियो ।”

विशेषगरी सङ्क्रमित लामखुट्टे, टोक्ने झिङ्गा र किर्नाजस्ता किराको टोकाइबाट लम्की स्किन रोग गाई भैँसीमा सरे पनि मान्छेलाई भने यो रोग सर्दैन । लम्की रोग गाई भैँसीमा सरेपछि उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घट्नेलगायतका लक्षण देखा पर्दछन् ।

पहिले घाँटीमा साह्रो गोलो गिर्खा देखिएता पनि शरीरका अन्य भागमा विस्तारै गिर्खा देखिँदै जान्छन् । सूचना अधिकारी ढकालले भने, “यो रोग सरेपछि पशुको थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिन्छ । आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउँछ भने केही सङ्क्रमित गाई भैँसीले कुनै पनि लक्षण नदेखाउन सक्छन् ।”

यो रोगको खासै उपचार नभएककाले रोग लाग्नुभन्दा अगाडि गाई भैँसीलाई खोप लगाउने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्न सरसफाइमा ध्यान दिने, गोठ वरिपरि पानी जम्न नदिने सूचना अधिकारी ढकालले सल्लाह दिए ।

त्यसैगरी लम्पी स्किन रोग देखा परेका गाईभैँसीलाई ज्वरो घटाउनका लागि पारासिटामेल प्रयोग गर्ने, घाउ चिलाउन कम गर्ने औषधि प्रयोग गर्ने, फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलम प्रयोग गर्ने, सङ्क्रमित पशुलाई खोप नदिनेलगायतको सल्लाह पशु सेवा विभागमा कार्यरत पशु चिकित्सक वर्षा थापामगरले सल्लाह दिए।

उनले भने, “रोग लागेको थाह पाउने बित्तिकै अलग राख्ने, ज्वरो आएको पशुलाई जोत्ने गाडा तान्ने काममा नलगाउने । गोठमा झिङ्गा, लामखुट्टे र किर्ना लाग्न नदिन वरिपरि धुँवा लगाउनुपर्छ ।”

पर्याप्त बजेट र जनशक्तिको अभावका कारण पशुमा सङ्क्रमित लम्पी स्किन रोग न्यूनीकरणका लागि सकस परेको सूचना अधिकारी ढकालले बताए । उनले देशभरि महामारीका रूपमा फैलिएलगत्तै सङ्क्रमण रोगथामका लागि पशु सेवा विभागले नै केही निजी मेडिकललाई खोप वितरण गर्न अनुमति दिएकोसमेत जानकारी दिए । स्थानीय एफएम रेडियोमार्फत लम्पी रोग न्यूनीकरण गर्न चेतनामूलक सन्देश प्रसारण गरिएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ११ : ०० बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर