कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना « Khabarhub

कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६५ लाख ५० हजार विनियोजन गरेको छ ।

चालु आवमा गाउँपालिकाको स्वामित्वमा रहने गरी फक्ताङलुङ–५ छिरुवामा अनुसन्धान केन्द्र सञ्चालन गर्न २२ लाखको पूर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए ।

ज्ञान केन्द्रमा पहिलो चरणमा गाई र बाख्रा फार्म सञ्चलन गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘दूधजन्य पदार्थमा आत्मनिर्भर हुनका लागि यस आवमा उन्नत जातका गाई र बाख्रा खरिद गर्ने प्रक्रिया सुरु भएको छ’, लिम्बूले भने ।

ज्ञान केन्द्र सञ्चालन गर्न १० रोपनी जग्गा भाडा लिइएको छ । अहिले घाँस रोप्ने कार्य भइरहेको छ । ज्ञान केन्द्रमार्फत पशुपालन र तरकारी उत्पादन गर्ने तयारी भइरहेको कृषि शाखाले जनाएको छ ।

कर्मचारी व्यवस्थापनको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका लागि आवश्यक कृषिजन्य वस्तु अनुसन्धान केन्द्रबाटै उत्पादन गर्ने योजना छ ।

कृषि तथा पशु अनुसन्धान केन्द्रलाई सहयोग गर्न र पालिका क्षेत्रमा प्रयोग गर्न प्राङ्गारिक मल उत्पादन गर्ने तथा जैविक मल उत्पादन केन्द्रको विकास गर्ने लक्ष्यसहित फक्ताङलुङ गाउँपालिका र अलमोष्ट हेवन फार्मबीच सम्झौता भई मल उत्पादनको प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ ।

अनुसन्धान केन्द्रमार्फत पशुपन्छीको परीक्षण गर्ने र नश्ल सुधार गर्न उन्नत जातका बीउका लागि पशुपन्छी खरिद गर्ने गाउँपालिकाको योजना छ । आधुनिक प्रविधिका नर्सरी फार्म सञ्चालन गर्ने र उच्च कोटी तथा बहुमूल्य वनस्पतीको बिरुवा उत्पादन गर्ने अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रले गाउँपालिकाभित्रका किसानलाई पुग्ने जैविक मल आफैँले उत्पादन गर्नका लागि मल कारखाना स्थापान गरिसकेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ८ : ०१ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका