काभ्रेमा जनजीवन सामान्य बन्दै « Khabarhub

काभ्रेमा जनजीवन सामान्य बन्दै


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ सरकार गठन भएसँगै गत मंगलबारदेखि ठप्प रहेको काभ्रेमा जनजीवन शनिबारदेखि पुनः सामान्य बन्दै गएको छ । 

शुक्रबार केही गाडी सीमित रूपमा चले पनि शनिबार बिहानैदेखि निजी तथा सार्वजनिक यातायात बाक्लो सङ्ख्यामा सञ्चालनमा आएका छन् ।

सुरक्षाको कारण सेनाले कफ्र्युसमेत लगाएको थियो। शनिबार बिहान कफ्‌र्यु हटाइएसँगै जनजीवन सहज बन्दै गएको हो । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन्। पसलहरू क्रमशः खुल्न थालेका छन् भने प्रदर्शनका क्रममा क्षति पुगेका कार्यालयहरू सरसफाइको काम सुरु गरिएको छ ।

सुरक्षाको लागि तैनाथ गरिएको नेपाली सेना शनिबार बिहानदेखि सडकबाट फिर्ता भइसकेको छ । अहिले नेपाल प्रहरीले सुरक्षा दिइरहेको छन् ।

आन्दोलनका क्रममा बनेपा, धुलिखेल, पनौती, पाँचखाललगायतका क्षेत्रमा सरकारी निकायदेखि स्थानीय जनप्रतिनिधिहरूको निजी आवाससम्ममा तोडफोड, आगजनी र लुटपाट भएको थियो । 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १ : ४२ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका