कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना « Khabarhub

कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६५ लाख ५० हजार विनियोजन गरेको छ ।

चालु आवमा गाउँपालिकाको स्वामित्वमा रहने गरी फक्ताङलुङ–५ छिरुवामा अनुसन्धान केन्द्र सञ्चालन गर्न २२ लाखको पूर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए ।

ज्ञान केन्द्रमा पहिलो चरणमा गाई र बाख्रा फार्म सञ्चलन गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘दूधजन्य पदार्थमा आत्मनिर्भर हुनका लागि यस आवमा उन्नत जातका गाई र बाख्रा खरिद गर्ने प्रक्रिया सुरु भएको छ’, लिम्बूले भने ।

ज्ञान केन्द्र सञ्चालन गर्न १० रोपनी जग्गा भाडा लिइएको छ । अहिले घाँस रोप्ने कार्य भइरहेको छ । ज्ञान केन्द्रमार्फत पशुपालन र तरकारी उत्पादन गर्ने तयारी भइरहेको कृषि शाखाले जनाएको छ ।

कर्मचारी व्यवस्थापनको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका लागि आवश्यक कृषिजन्य वस्तु अनुसन्धान केन्द्रबाटै उत्पादन गर्ने योजना छ ।

कृषि तथा पशु अनुसन्धान केन्द्रलाई सहयोग गर्न र पालिका क्षेत्रमा प्रयोग गर्न प्राङ्गारिक मल उत्पादन गर्ने तथा जैविक मल उत्पादन केन्द्रको विकास गर्ने लक्ष्यसहित फक्ताङलुङ गाउँपालिका र अलमोष्ट हेवन फार्मबीच सम्झौता भई मल उत्पादनको प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ ।

अनुसन्धान केन्द्रमार्फत पशुपन्छीको परीक्षण गर्ने र नश्ल सुधार गर्न उन्नत जातका बीउका लागि पशुपन्छी खरिद गर्ने गाउँपालिकाको योजना छ । आधुनिक प्रविधिका नर्सरी फार्म सञ्चालन गर्ने र उच्च कोटी तथा बहुमूल्य वनस्पतीको बिरुवा उत्पादन गर्ने अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रले गाउँपालिकाभित्रका किसानलाई पुग्ने जैविक मल आफैँले उत्पादन गर्नका लागि मल कारखाना स्थापान गरिसकेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ८ : ०१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा