बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री श्रेष्ठ


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्नु संसदीय मान्यता विपरीत भएको बताएका छन् ।

आज बिहान चितवनको भरतपुरमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिनिधिसभाका बहुमत सांसदहरूको मतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु संसदीय मान्यता विपरीतको कार्य भएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारतको सहयोगमा प्रधानमन्त्री बनेको भन्ने अभिव्यक्ति नदिएको समेत दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक भारत गएको भन्ने अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी दलहरूले हिजोको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले संसदीय मूल्यमान्यता र मर्यादालाई ख्याल गर्दै विपक्षी दलहरूले संसद सुचारू गर्नेमा आफू आशावादी रहेको बताए । 

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ९ : २५ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ