बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री श्रेष्ठ


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्नु संसदीय मान्यता विपरीत भएको बताएका छन् ।

आज बिहान चितवनको भरतपुरमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिनिधिसभाका बहुमत सांसदहरूको मतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु संसदीय मान्यता विपरीतको कार्य भएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारतको सहयोगमा प्रधानमन्त्री बनेको भन्ने अभिव्यक्ति नदिएको समेत दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक भारत गएको भन्ने अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी दलहरूले हिजोको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले संसदीय मूल्यमान्यता र मर्यादालाई ख्याल गर्दै विपक्षी दलहरूले संसद सुचारू गर्नेमा आफू आशावादी रहेको बताए । 

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ९ : २५ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड