ट्वीटरलाई टक्कर दिन मेटाको ‘थ्रेड्स’ एप सार्वजनिक « Khabarhub

ट्वीटरलाई टक्कर दिन मेटाको ‘थ्रेड्स’ एप सार्वजनिक


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेटा कम्पनीले ट्वीटर जस्तै विशेषता भएको ‘थ्रेड्स‘ नामको नयाँ एप सार्वजनिक गरेको छ । इन्स्टाग्रामको एक एपका रूपमा थ्रेड्स एप सार्वजनिक भएको हो ।

‘थ्रेड्स’ एप बेलायतलगायत एक सयभन्दा बढी देशमा डाउनलोड गर्न सकिने तर युरोपेली संघका देशमा भने केही नियामक विषयका कारण अझै उपलब्ध नभएको जनाइएको छ ।

छुट्टै एपका रूपमा उपलब्ध थ्रेड्समा इन्स्टाग्रामकै अकाउन्टबाट लगइन गर्न सकिने छ । इन्स्टाग्रामकै फोटो राख्न वा इस्टाग्राममा भएका फलोअर्सलाई एकैपटक फलो गर्न सकिन्छ ।

मेटाका फेसबुक, हृवाट्सएप र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल यसअघि नै विश्वभर प्रसिद्ध छन् ।

यो थ्रेड्स एपलाई ट्विटरको प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने यो दुई अर्बपति एलन मस्क र मार्क जुकरबर्गबीचको युद्ध भएको टिप्पणी समेत गरेका छन् ।

कम्पनीले यसलाई अरू मास्टडन, ब्लुस्कीलगायत सोसल मिडियाको प्रतिद्वन्द्वी समेत भनेको छ ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  १० : २९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु