प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन « Khabarhub

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनले प्रमुख विपक्षी दल एमालेले संसदमा बहुमत प्राप्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्नु असंसदीय कदम भएको ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका सात दलको बैठकले एमालेले विरोध गर्दैमा राजीनामा दिनु नपर्ने निष्कर्ष निकाल्दै संसदको फेस गर्ने निर्णय गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

बैठकले संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छ भने संसदमा आवाज उठाउन पाउने तर राजीनामा नै दिनुपर्छ भन्ने कुरा असंसदीय र अमर्यादित रहेको जनाएको छ ।

सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएको एमालेको आरोप छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयनलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

बैठकले कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखसहित ४७ सांसदको हस्ताक्षर बुझाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्तारूढ ७ दलको बैठकले कोशीमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखसहितको दाबी पेश गर्ने निर्णय गरेको हो।

सत्ता गठबन्धनको बैठकले  मिटरब्याजीसम्बन्धी विधेयक ल्याउने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  १२ : ०१ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा