सार्वजनिक सवारीका यात्रीबाट अमेरिकी डलर चोरी गर्ने चार जना पक्राउ « Khabarhub

सार्वजनिक सवारीका यात्रीबाट अमेरिकी डलर चोरी गर्ने चार जना पक्राउ


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत मंगलबार ललितपुरको ग्वार्कोमा अमेरिकी डलर चोरी भएको घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।

सार्वजनिक सवारीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७ हजार ४७ अमेरिकी डलर (९ लाख २३ हजार १ सय ५७ नेपाली रुपैयाँ बराबर) चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अमेरिकी डलर सटही गरिदिने मनी एक्सचेञ्जका सञ्चालक मंगललक्ष्मी श्रेष्ठसमेत चोरीमा संलग्न सञ्जिव तामाङ, आईतमान तामाङ, सविना तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई चोरीसम्बन्धी कसुरमा थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  २ : १८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु