प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो : माओवादी केन्द्र « Khabarhub

प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो : माओवादी केन्द्र


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रीतम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । लोकतन्त्रको अभ्यास गर्ने थलो संसद्समेत अवरोध गरिएकोप्रति सो पार्टीले आपत्ति जनाएको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको बताइएको छ ।

जनयुद्धबाट शान्ति प्रक्रियासँगै सरदार प्रीतम सिंह र प्रधानमन्त्री प्रचण्डका बीचमा औपचारिक मात्र होइन भावनात्मक रुपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य सार्वजनिक भइसकेको उपाध्यक्ष महराले स्पष्ट पारेका छन् ।

सोही पृष्ठभूमिमा सरदार सिंहबाट आफूलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको र त्यसको लागि उनले सक्दो योगदान गरेको यथार्थता प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता महराले विज्ञप्तिमा भनेका छन्, “मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानबिन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन् ।”

विज्ञप्तिमा ‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि  ‘के निउ पाऊँ, कनिका बिकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति माओवादीले भर्त्सना गरेको छ । राष्ट्रियता, गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा प्रवक्ता महराले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  २ : ३९ बजे

छोराको कुटपिटबाट बाबुको मृत्यु

त्रिवेणी– जिल्लाको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट

परम्परागत खेतीको विकल्पमा व्यावसायिक सुन्तलाखेती

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक

सुशासनमार्फत् जनतामा आशा जगाउन सरकार केन्द्रित छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति

दुई सय १३ किलोग्राम गाँजा बरामद

पर्सा– सशस्त्र प्रहरी बलको टोलीले विशेष सूचनाका आधारमा पर्साको विन्दवासिनी

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष लामो जेल सजाय

रियो डी जेनेरियो– ब्राजिलका पूर्वराष्ट्रपति ७० वर्षीय जायर बोल्सोनारोलाई सत्ता