‘नारी’ टेलिभिजनको प्रशारण सुरु | Khabarhub Khabarhub

‘नारी’ टेलिभिजनको प्रशारण सुरु


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको पहिलो महिला टेलिभिजन च्यानलका रुपमा ‘नारी’ टेलिभिजनको एचडी प्रशारण प्रारम्भ भएको छ । नारीका नसुनिएका कथा, उत्पीडनको व्यथा, भूमिका र महत्व, समाज परिवर्तनमा अग्रसरतालगायतका कुरालाई टिभीले समेट्ने उद्देश्य राखिएको अध्यक्ष निकिता पौडेलले जानकारी दिइन् ।

उनले भनिन्, “महिलाका हकहित, अधिकारका निमित्त टिभी सदैव क्रियाशिल रहने छ, नारीहरुको आवाजका रुपमा पहिलो महिलासम्बन्धी टेलिभिजन प्रसारणमा ल्याउन पाउनु अवसर हो ।”

प्रसारण प्रारभ्म भएसँगै ‘माइती घर’ र ‘आजको नारी’ नामक कार्यक्रम र समाचार पनि प्रसारणमा गरिएको छ । बाजुराको बुढीगङ्गा नगरपालिका–१० मा एक कार्यक्रमको आयोजना गरी टेलिभिजन औपचारिक रुपमा प्रसारणमा ल्याइएको हो ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ३ : ५५ बजे

नयाँ सरकार गठनसँगै जनजीवन सामान्य बन्दै (तस्बिरहरू)

काठमाडौं– मुलुकमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन

बन्दुकको बलमा गणतन्त्रको हत्या गरियो : भुपेन्द्रजंग शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले षड्यन्त्रको  चक्रव्यूह रचेर

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई 

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ अन्तरिम सरकारको नेतृत्व सम्हालेकी

रोजगारीका लागि चीन जाने बढ्दै 

हुम्ला– हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ