प्रधानमन्त्री प्रचण्डको राजीनामा सोच्न पनि सकिन्न : मन्त्री शर्मा « Khabarhub

प्रधानमन्त्री प्रचण्डको राजीनामा सोच्न पनि सकिन्न : मन्त्री शर्मा


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा सोच्न पनि नसकिने बताएकी छिन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने पनि प्रष्ट पारिन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सम्बन्धित व्यक्तिले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पारिसकेकाले यो उठाउनुपर्ने विषय नै नभएको भन्ने प्रमाणित भएको बताइन् ।

“प्रधानमन्त्रीले धेरै पहिलेको प्रसङ्ग उल्लेख गर्नुभएको हो । सम्बन्धित व्यक्तिले पनि यसबारेमा स्पष्ट पारिसक्नुभएको छ, यो उठाउनुपर्ने विषय होइन भन्ने प्रमाणित भएको छ । प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय पनि होइन, उहाँले राजीनामा पनि दिनुहुँदैन”, मन्त्री शर्माले भनिन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री दाहालले एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।

मन्त्री शर्माले एमालेले संसद् अवरुद्ध गरिरहँदा सरकारले ल्याएको मिटरव्याज विरुद्धको अध्यादेश निष्क्रिय हुन पुगेको उल्लेख गर्दै यो प्रधानमन्त्रीले राजीनामा दिने विषय नै नभएको बताइन् । “एउटा कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई आधार बनाएर संसद् अवरुद्ध गर्न हुँदैन”, उनको भनाइ थियो ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ५ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै