६७ हजार भक्तजनद्वारा अमरनाथको दर्शन « Khabarhub

६७ हजार भक्तजनद्वारा अमरनाथको दर्शन


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- बितेका पाँच दिनमा अमरनाथ यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले पूजा अर्चना गरेका छन् । राज्य सरकारले  जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती तीर्थयात्रीले अमरनाथ गुफाको दर्शन तथा पूजाअर्चना गरेका हुन् ।

राज्यका सबै सुरक्षा निकायले यात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिहेको छन् । यात्राका विभिन्न स्थानमा सुरक्षा फौजले शिविर स्थापना गरेर आवश्यक सहयोग गरिरहेको छ ।

बुधबार बालटाल आधार शिविर र नुनवान आधार शिविरबाट १८ हजार तीन सय ५४ तीर्थयात्री अमरनाथ गुफाको दर्शन गर्न प्रस्थान गरेका जनाउँदै विज्ञप्तिमा यात्रालाई सहज तुल्याउन राज्यका सबै निकाय विभागले भक्तलाई सबै सुविधा उपलब्ध गराएर सहयोग गरिरहेका उल्लेख गरिएको छ । बैसट्ठी दिन लामो अमरनाथ यात्रा आगमी भदौ १४ गते समाप्त हुनेछ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ५ : ३४ बजे

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज