नेदरल्यान्ड्स विश्वकपमा छनोट « Khabarhub

नेदरल्यान्ड्स विश्वकपमा छनोट


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेदरल्याण्ड्स भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट भएको छ । बिहिबार जिम्बाव्वेको बुलवायोमा भएको खेलमा स्कटल्याण्डलाई चार विकेटले हराउँदै नेदरल्याण्ड्स विश्वकपमा छनोट भएको हो ।

२७८ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले खेल सकिन ४३ बल अघि नै भेट्टायो । नेदरल्याण्ड्सका लागि बास डी लिड्सले विस्फोटक ब्याटिङ गर्दै ९२ बलमा १२३ रन बनाए ।

यसअघि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । उसका लागि ब्रान्डन म्याकमुलनले १०६ तथा कप्तान रिचे बेरिङटोनले ६४ रन बनाए ।

विश्वकप क्रिकेट आउँदो अक्टोबर नोभेम्बरमा भारतका १० वटा शहरमा आयोजना हुँदै छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ८ : ४३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा