घरधनीलाई करको दायरामा ल्याउन लगत सङ्कलन « Khabarhub

घरधनीलाई करको दायरामा ल्याउन लगत सङ्कलन


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत सङ्कलन गर्न थालेको छ । घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण सङ्कलन गर्न थालेको हो ।

नगरपालिकाका कर अधिकृत प्रभा शर्माले आगामी भदौ २१ गतेभित्र वडा कार्यालयमा घर तथा जग्गा भाडामा लगाएको विवरण दाखिला गरी लगत कायम गर्न ३५ दिने सूचना जारी गरिएको बताइन् ।

‘घर जग्गा बाहलमा लगाउनेलाई करको दायरामा ल्याउन तीनवटा वर्गमा विभाजन गरिएको छ’, उनले भनिन्, ‘तोकिएको समयमा विवरण नबुझाउने घरजग्गा धनीलाई विलम्ब शुल्क लाग्छ ।’ यसअघिका वर्षमा बेनीका घरधनीले घरबहाल कर स्वेच्छिकरूपमा तिर्दै आएका थिए ।

नयाँ आर्थिक वर्षदेखि घरबहाल करलाई अनिवार्य गरिएको कर अधिकृत शर्माले बताइन् । स्वेच्छिकरूपमा घरबहाल कर बुझाउने घरधनी न्यून भएपछि धेरैलाई समेट्न नगरसभाबाट ऐन संशोधन र घरधनीको वर्गीकरण गरिएको हो ।

सङ्घसंस्था र कार्यालय प्रयोजनका लागि घरभाडामा लगाउनेले १० प्रतिशत, व्यावसायिक प्रयोजनको चार प्रतिशत र आवासीय प्रयोजनको दुई प्रतिशतको दरले बहाल कर तोकिएको छ । यसअघि सबैलाई १० प्रतिशतका दरले घरबहाल कर तोकिएको थियो ।

बैंक, वित्तीय संस्था, सहकारी, कार्यालय, सङ्घसंस्थालाई घरभाडामा दिएका, वैदेशिक रोजगारी र आम्दानीको स्रोत प्रमाणित गर्ने प्रयोजनका क्रममा मात्र घरबहाल कर तिर्ने गरेका थिए । गत वर्ष घरबहाल शीर्षकमा नगरपालिकाले ३० लाख ३५ हजार राजस्व संकलन गरेको थियो ।

नयाँ आर्थिक वर्षमा यो शीर्षकमा ५५ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ । घरबहाल कर नगरपालिकाले प्रदेश र सङ्घीय सरकारसँग बाँडफाँट गर्नु नपर्ने आम्दानीको स्रोत हो । जिल्ला सदरमुकामसमेत रहेको बेनी बजार, गलेश्वर र तातोपानी क्षेत्रमा घरभाडामा लगाउने गरेका छन् ।

घरबहाल कर तिर्ने नगरवासीको सङ्ख्या न्यून छ । मन्दिर, समिति, विद्यालय र सङ्घसंस्थाले पनि घर तथा सटर भाडामा लगाएका छन् । तर बाध्यता परेको अवस्थामा मात्र घरबहाल कर तिर्ने गरेका छन् । घरधनीले तिर्नुपर्ने बहाल कर आफूहरूको थाप्लोमा पारेको व्यवसायीको गुनासो छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ८ : ५६ बजे

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

एजेन्सी– अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र

कांग्रेस महाधिवेशनमा पेशागत संघ–संस्थालाई पूर्ण प्रतिनिधित्वको माग

काठमाडौं– नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई मतदानको अधिकार मात्र

चौथो बन्दै उपमहासचिवमा पराजित भए ओलीका भित्रिया विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ओलीका सबैभन्दा विश्वासिला पात्र विष्णु

उपाध्यक्षमा गुरुङ लोकप्रिय, ल्याए १७३७ मत, दोस्रोमा विष्णु पौडेल

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा विजय भएका पृथ्वीसुब्बा गुरुङले १७३७

सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष