महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप  « Khabarhub

महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप 


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । जिल्लाभर २० हजार भन्दा बढी मानिस यो रोगबाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेषगरी विद्यालयमा अध्ययनरत विध्यार्थीहरुमा बढी देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन । चिकित्सकहरूले आँखा रातो हुने, कचेरा लाग्ने, टासिने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अप्ठ्यारो हुने रोगको लक्षण भएको जानकारी दिएका छन् ।

यो रोगको प्रकोप तिव्रगतिमा फैलिए पछि निको नहुन्जेल रोग लागेका विद्यार्थीहरूलाई घरमा राख्न अभिभावकहरूलाई अनुरोध गरेको एभरेस्ट बोर्डिङ्ग बर्दिबासका सञ्चालक अरुण कार्कीले जानकारी दिए । 

सो रोग फैलने क्रम तिव्र भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा अझ यो रोग फैलने क्रममा रहेको चिकित्सकहरूले बताएका छन ।

अहिले जिल्लाका क्लिनिक र अस्पतालहरू आँखा उपचार गराउन आउनेले भरिने गरेको छ । बर्दिबास सरकारी अस्पतालमा मात्र यो रोग उपचार गराउनेको संख्या दोब्बरले वृद्धि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ३५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले