इँटा बिक्री नहुँदा व्यवसायी मारमा « Khabarhub

इँटा बिक्री नहुँदा व्यवसायी मारमा


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षात्का कारण बन्द हुन्छन् । अहिले वर्षात्का कारण बुङ्मती क्षेत्रका सबै इँटा उद्योग बन्द अवस्थामा रहेका छन् । तीन वर्षअघिको इँटा अझै मौज्दात छ, बिक्री भएको छैन ।

बुङमती ट्रायल उद्योगद्वारा सञ्चालित युके इँटाभट्टाका व्यवस्थापक अजय बुढाथोकीका अनुसार तीन वर्षदेखिको ५० लाख बढी इँटा बिक्री नभएर मौज्दात छ । कोभिडभन्दा पहिले दिनमा ५० गाडी इँटा बिक्री हुन्थ्यो भने अहिले दिनमा एकदेखि आठ गाडीमात्र बल्लबल्ल बिक्री हुने गरेको छ ।

करोडौँ रकम खर्च गरेर उत्पादन गरेको इँटा बिक्री नभएर मौज्दात रहेपछि उद्योग सञ्चालक वर्षात्को समयपछि हिउँदमा उद्योग सञ्चालन गर्ने–नगर्ने भन्नेमा दोधारमा छन् ।

वर्षात्का कारण बन्द भएको उद्योग कात्तिकमा सञ्चालनमा ल्याउने हो भने दुई सय ५० कामदारका लागि करिब एक करोड पेश्की अग्रिम दिनुपर्ने हुन्छ । यदि अहिले नै कामदार खोज्ने ठेकेदारलाई पेश्की दिएन भने पछि कामदार पाउन समस्या हुने जनाइएको छ ।

इँटा बिक्री नहुँदा अहिले पेश्की पनि दिन नसकेको व्यवस्थापक बुढाथोकीले बताए । उनले भने, ‘देशमा आर्थिक मन्दीका कारण मान्छेले घर निर्माण गरेका छैनन् । आर्थिक मन्दीका कारण मान्छेले घर कम बनाएपछि त इँटा बिक्री हुने कुरै भएन । घाटामा उद्योग चलाउने कुरा भएन सकभर आउने वर्षदेखि उद्योग बन्द हुन्छ होला ।’

त्यसैगरी अर्को क्यापिटल ब्रिक इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित इँटा उद्योगको पनि २० लाख इँटा बिक्री नभएर मौज्दात छ । बिक्री नभएर यति धेरै इँटा मौज्दात रहेको क्यापिटलको पहिलो अनुभव हो । वर्षात्को समयमा बन्द भएको इँटा उद्योग अब हिउँदमा कसरी सञ्चालन गर्ने विषयमा चिन्ता छ ।

क्यापिटल ब्रिक इन्डस्ट्रिजका व्यवस्थापक हरिचन्द्र बिडारीका अनुसार ५० रोपनी जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरिएको छ । जग्गाको भाडामात्र वार्षिक २० लाख तिर्नुपर्ने हुन्छ । उनले भने, ‘करोडौँ खर्च गरेर भट्टा सञ्चालन गरेर इँटा उत्पादन गरेपनि बिक्री नहुँदा अब उद्योग कसरी सञ्चालन गर्ने भन्ने चिन्ता छ ।’

व्यवस्थापक बिडारीका अनुसार हाल ढुवानीसहित एक केजी कोइलालाई ५० पर्न जान्छ । छ लाख इँटा तयार गर्नका लागि २५ टन कोइला प्रयोग गर्नुपर्ने हुन्छ । उनले भने, ‘कोइलाको महँगी र कामदारको ज्यालालगायत सबै जोड्दा इँटा उद्योग सञ्चालन गर्न जटिल र खर्चिलो छ । उत्पादन भएको इँटा बिक्री भए त ठीकै हुन्थ्यो तर इँटा नै बिक्री हुँदैन ।’

बुङ्मती क्षेत्रमा सञ्चालित इँटाभट्टामा ‘सिजन’अनुसार करिब दुई हजार बढीले रोजगार पाएका छन् । अहिले वर्षात्का कारण उद्योग बन्द भएकाले सबै कामदार घर फर्केका छन् । आर्थिक अभावका कारण उद्योग बन्द भएमा सयौँले रोजगार गुमाउनेछन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १० : ४५ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,