ऊर्जा दक्षतायुक्त घर निर्माणमा विज्ञहरूको जोड « Khabarhub

ऊर्जा दक्षतायुक्त घर निर्माणमा विज्ञहरूको जोड


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काभ्रे– घर वा व्यावसायिक भवन निर्माण गर्दा ऊर्जा खपत कम हुने एवं वातावरणमैत्री बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । युरोयिन युनियनअन्तर्गत स्वीच एशिया कार्यक्रमको सहयोगमा सञ्चालित बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिन) द्वारा बागमती प्रदेशका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा विज्ञहरूले सो धारणा व्यक्त गरेका हुन् । 

तीव्र सहरीकरण र आधुनिक जीवनशैलीका कारण निर्माण गरिएका घर तथा भवनभित्र तताउन वा चिस्याउन कूल ऊर्जाको झन्डै ६० प्रतिशत खपत हुने गरेको बताइएको छ । स्थानीय सरकारले भवनको आचारसंहिता तर्जुमा वा कार्यान्वयन गराउँदा भूकम्पीय सुरक्षाजस्तै ऊर्जा दक्षतामा पनि ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ । 

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले मानिसको अधिकांश समय घर वा भवनभित्र नै व्यतीत हुने हुँदा घरलाई ऊर्जा एवं वातावारणमैत्री राख्न आवश्यक भएकाले पालिकाले अब बन्ने नयाँ घरहरुमा यस विषयलाई महत्व दिने बताए। धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार बेञ्जुले जलवायु परिवर्तनका समस्या न्यूनीकरण र दिगो विकासका लक्ष्य हासिल गर्न सहरलाई दिगो र ऊर्जा दक्षतायुक्त बनाउनुपर्नेमा जोड दिए। 

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनता डङ्गोलले गोरखा भूकम्पपछि कसरी बलियो घर बनाउने भन्ने चेतना आएजस्तै ऊर्जा दक्षतायुक्त घर कसरी बनाउने र स्वच्छ ऊर्जाको प्रयोग कसरी बढाउने भन्ने चेतनाको विकास गराउन आवश्यक रहेको उल्लेख गरे। युरोपियन युनियनका वरिष्ठ कार्यक्रम प्रबन्धक रञ्जन श्रेष्ठले युनियनले कृषि, ऊर्जा, शिक्षा, सुशासनजस्ता क्षेत्रमा ५० वर्षदेखि नेपालमा काम गर्दै आएको उल्लेख गर्दै यस कार्यक्रममार्फत वातावरण र ऊर्जामैत्री घर निर्माण गरी बढ्दो हरितगृह ग्यासको उत्सर्जनलाई न्यूनीकरणमा जोड दिइएको बताए । 

बिनका टोली प्रमुख सुयेश प्रजापतिले सन् २०२२ देखि कार्यान्वयनमा आएको यस कार्यक्रममार्फत ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग जडित २०० वटा भवनहरू निमार्ण गर्न सहजीकरण गर्ने, ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग गरी आठ वटा नमुना भवन निर्माण गर्न सहयोग गर्ने, यसका लागि जनशक्ति विकास वित्त व्यवस्थापन एवं बजारीकरणमा जोड दिइएको जानकारी दिए । 

संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले देशभरि एउटै ढाँचाको नभई ठाउँ, त्यहाँको हावापानीअनुसार घर वा भवनहरू निर्माण गर्नुपर्छ भने। विभिन्न विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत गरिएको सो कार्यक्रममा बागमती प्रदेशका महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्राविधिकहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १२ : ३३ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप