ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रिडबाट विद्युतीकरण | Khabarhub Khabarhub

ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रिडबाट विद्युतीकरण


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रिड आयोजना सम्पन्न भएको छ । सत्तरी किलोबाट पिक क्षमताको ‘ककनी सौर्य मिनीग्रिड आयोजना’ बाट जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं ९ स्थित ककनी गाउँका १७१ घरधुरीमा विद्युत पहुँच पुगेको छ ।

आयोजनाबाट उत्पादित विद्युतबाट घरधुरी विद्युतीकरणका साथै विद्यालय, स्वास्थ्यचौकी लगायतका सार्वजनिक संस्थामा विद्युतीकरण एवं यन्त्र उपकरण सञ्चालन तथा धान कुटानी, फर्निचरजस्ता लघुउद्यम सञ्चालनमासमेत सघाउ पुगेको छ । कूल लागत छ करोड ४२ लाख ८८ हजार रहेको आयोजनामा कूल लागतको ९० प्रतिशत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान रहेको छ भने १० प्रतिशत लगानी सुनकोशी गाउँपालिकाको रहेको छ ।

एक समारोहबीच आयोजनाको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आगामी दुई वर्षभित्र सबैमा विद्युत् पहुँच पुर्‍याउने लक्ष्य हासिल गर्न विद्युतीकरणको अभियानलाई देशैभर अघि बढाइएको बताए । सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले आयोजनालाई दिगो रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिंदै आयोजना निर्माणमा संलग्न सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिए ।

आयोजनालाई पाँच वर्षसम्म जडानकर्ता कम्पनीले सञ्चालन एवं मर्मतसम्भार गर्ने र त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने केन्द्रका सहायक निर्देशक एवं सौर्य तथा वायु ऊर्जा शाखाका प्रमुख डा लक्ष्मणप्रसाद घिमिरेले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १ : ४१ बजे

१२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा ठेकेदार कम्पनीलाई

कर्णालीमा बालबालिकाको क्षेत्रमा लगानी न्यून

सुर्खेत– बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको

इटालियन सिरी ए : रोमा र फिओरेन्टिनाले खेले बराबरी

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमा र फिओरेन्टिनाले बराबरी खेलेका

फलाम खानी उत्खननका लागि फेरि अध्ययन गरिँदै

रुकुम पूर्व– रुकुम पूर्वमा फलाम खानीको विस्तृत अध्ययन फेरि थालिएको

कानुन निर्माणमा बागमती प्रदेश अगाडि : सभामुख पाठक

भक्तपुर– बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति,