ब्रेकिङ स्टोरी

माओवादी केन्द्रका पदाधिकारीको जिम्मेवारी हेरफेर

By खबरहब

August 06, 2023

काठमाडौँ- नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको जिम्मेवारी हेरफेर भएको छ । आज बसेको पार्टी पदाधिकारी बैठकले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

पछिल्ला केही दिनयता माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ । पदाधिकारी बैठकले नेताहरुको विभाग फेरबदल गर्ने निर्णय गरेको हो ।

१७ साउनदेखि जारी रहेको केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि आइतबार पदाधिकारी बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको विभाग फेरबदल गरेका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पदाधिकारी बैठकले नेताहरुको विभागीय जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो ।

जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्  । अर्का उपमहासचिव जनार्दन शर्माले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाउँदा देवेन्द्र पौडेललाई मधेस प्रदेशको जिम्मेवारी दिइएको छ ।

यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छनन् ।

पदाधिकारी बैठक सकिएलगत्तै कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको छ । उक्त बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ अध्धयक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेका छन् ।