दोलखाका पहिरोपीडितलाई एसएस फाउन्डेशनको सहयोग | Khabarhub Khabarhub

दोलखाका पहिरोपीडितलाई एसएस फाउन्डेशनको सहयोग


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोलखाको गौरीशङ्कर गाउँपालिका ७ मार्बुमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले एक लाख रुपैयाँ सहयोग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत फाउन्डेशनले मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर यज्ञ थामीका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरेको हो । फाउन्डेशनका अध्यक्ष मदनदास श्रेष्ठ, समाजसेवी सुन्दर प्रकाश खड्काले विपद्का बेलामा सबैले सहयोग गर्नुपर्ने पवित्र उद्देश्यका साथ पहिरो पीडितलाई उक्त रकम हस्तान्तरण गरेको बताए ।

पहिरोमा यज्ञसहित श्रीमती धनकुमारी र बुहारी सरिता गम्भीर घाइते भएका थिए भने उनको साढे दुई वर्षको नातिको मृत्यु भएको थियो । हाल काठमाडौँको यज्ञको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र श्रीमती तथा बुहारीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपचारका लागि आर्थिक अभाव भएपछि फाउन्डेसनले सहयोग गरेको हो ।

“दोलखामा समस्यामा परेकाहरूलाई फाउन्डेशनले यसअघि पनि सहयोग गर्दै आएको छ । हामी विपदमा परेकालाई सहयोग गर्न सधैँ तत्पर हुनेछौँ”, फाउन्डेशनका संरक्षक सोभित उप्रेतीले भने । फाउन्डेशन शिक्षा, स्वास्थ्य र विपद्का समयमा सेवा गर्ने उद्देश्यले स्थापना भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  २ : ४२ बजे

स्वर्ण पदक विजेता गुरुङको  सम्मान

तनहुँ– सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता तनहुँको

भ्रष्टाचारविरुद्ध ‘नेपालगञ्ज वाकाथन’

बाँके– भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना

ताप्लेजुङको फुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति

ताप्लेजुङ–  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एक घरमा आगलागी

जीर्ण कारागारमा कैदीको भीड, पक्की भवन रित्तै

ओखलढुङ्गा– ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको सहज जित

काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ