दोलखाका पहिरोपीडितलाई एसएस फाउन्डेशनको सहयोग « Khabarhub

दोलखाका पहिरोपीडितलाई एसएस फाउन्डेशनको सहयोग


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोलखाको गौरीशङ्कर गाउँपालिका ७ मार्बुमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले एक लाख रुपैयाँ सहयोग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत फाउन्डेशनले मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर यज्ञ थामीका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरेको हो । फाउन्डेशनका अध्यक्ष मदनदास श्रेष्ठ, समाजसेवी सुन्दर प्रकाश खड्काले विपद्का बेलामा सबैले सहयोग गर्नुपर्ने पवित्र उद्देश्यका साथ पहिरो पीडितलाई उक्त रकम हस्तान्तरण गरेको बताए ।

पहिरोमा यज्ञसहित श्रीमती धनकुमारी र बुहारी सरिता गम्भीर घाइते भएका थिए भने उनको साढे दुई वर्षको नातिको मृत्यु भएको थियो । हाल काठमाडौँको यज्ञको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र श्रीमती तथा बुहारीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपचारका लागि आर्थिक अभाव भएपछि फाउन्डेसनले सहयोग गरेको हो ।

“दोलखामा समस्यामा परेकाहरूलाई फाउन्डेशनले यसअघि पनि सहयोग गर्दै आएको छ । हामी विपदमा परेकालाई सहयोग गर्न सधैँ तत्पर हुनेछौँ”, फाउन्डेशनका संरक्षक सोभित उप्रेतीले भने । फाउन्डेशन शिक्षा, स्वास्थ्य र विपद्का समयमा सेवा गर्ने उद्देश्यले स्थापना भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  २ : ४२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल