‘बिसे नगर्ची विशेषांक’ स्मारिका विमोचन « Khabarhub

‘बिसे नगर्ची विशेषांक’ स्मारिका विमोचन


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘बिसे नगर्ची विशेषांक’ स्मारिकाको विमोचन गरेका छन् । परियार समाजद्वारा यहाँ आज आयोजित ‘बिसे नगर्ची विशेषांक स्मारिकाको विमोचन’ कार्यक्रममा मन्त्री किरातीले सो पुस्तक विमोचन गरेका हुन् ।

समाजले गोरखा नगरपालिकाको सहकार्यमा विसं २०७५ साउन १८ गते नगरपालिकाको ऐतिहासिकस्थल गोरखा दरबार समिपमा ‘बिसे नगर्ची’ को सालिक स्थापना भएको छैटौँ वर्ष प्रवेशको स्मृति दिवसका अवसरमा बिसे नगर्ची तथा परियार जातिसम्बन्धी खोजमूलक ‘बिसे नगर्ची विशेषांक’ प्रकाशन गरिएको हो । 

पुस्तकमा परियार जातिको परिचय, परिचान र बिसे नगर्चीको योगदानको विरासतलाई बचाउन परियार जातिका विविध पक्षको जानकारी र बिसे नगर्चीको इतिहास खोजबिन गरी समावेश गरिएको छ । गोरखाका बिसे नगर्चीले राजा पृथ्वीनारायण शाहलाई एकीकरणको अभियानमा आर्थिक सल्लाह दिई अहिलेको विशाल नेपाल निर्माणमा महत्वपूर्ण योगदान गरेको पुस्तकमा उल्लेख छ ।

सोही अवसरमा पर्यटनमन्त्री किरातीले बिसे नगर्चीको योगदान ओझेलमा परेको उल्लेख गर्दै सरकारले बिसे नगर्चीको नामबाट राष्ट्रिय पुरस्कार स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने,’नेपाली समाजको प्रागिक अध्ययन नभएका कारण पनि बिसे नगर्चीको योगदान ओझेलमा परेको छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।’

नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले नयाँपुस्ताले समाजको उत्थान र विकासका निम्ति केही गर्नसकेको खण्डमा वास्तवमा बिसे नगर्चीको सम्मान हुने बताए । 

समाजका उपाध्यक्ष कृष्ण रणपालले कृतिले परियार जाती र बिसे नगर्चीको चिनारीलाई सबैका बीचमा पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गरे । समाजले काठमाडौँस्थित चन्द्रागिरि नगरपालिकामा ‘बिसे नगर्ची’ को सालिक निर्माण गरेर योगदान गरेबापत जागरण मिडिया सेन्टरका सचिव दिनेश परियारलाई सम्मान गरेको थियो । 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ३ : ४६ बजे

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

उदयपुर– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन