पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, ४५ घाइते | Khabarhub Khabarhub

पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, ४५ घाइते


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

कराँची– दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।

कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेशन नजिकै पटरीबाट खस्दा उक्त हताहति भएको रेलमन्त्री ख्वाजा साद रफिकले पत्रकारलाई बताएका छन् । उद्धार टोलीहरू घटनास्थलमा पुगेका तथा थप टोलीलाई पनि घटनास्थलमा परिचालन गरिएको उनले जानकारी दिए ।

दुर्घटनाग्रस्त रेलका आठ डिब्बा पटरीबाट खसेका रेलवेका अधिकारी मोहसिन सियालले बताएका छन् । प्रान्तीय रेलवे अधिकारी इजाज शाहले यात्रीलाई गन्तव्यसम्म पुर्‍याउन अर्को रेल  पठाइएको छ ।

सन् २०२१ को जुनमा सिन्धको डहरकी नजिक दुईवटा रेल एक आपसमा ठोक्किँदा ६५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५० जना घाइते भएका थिए । सन् २०१९ को अक्टोबरमा तेजगाम एक्सप्रेसमा आगलागी हुँदा ७५ यात्रुको ज्यान गएको थियो । 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ४ : ३१ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई